बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

चर्चित कैदी हेलिकप्टरबाट भागेपछि जेलको फोटो गुगलबाट हटाउन फ्रान्सको सरकारको माग

आइतबार, २८ असोज २०७५, १८ : १७
आइतबार, २८ असोज २०७५

पेरिस । फ्रान्स सरकारले गुगलसँग इन्टरनेटबाट त्यो जेलको फोटो हटाउन आग्रह गरेको छ, जहाँबाट जुलाई १ को दिन रेडोइन फैद नामक कैदी हेलिकप्टरको प्रयोग गरेर फरार भएका थिए । 

जेलको फोटो इन्टरनेटबाट हटाउनको लागि फ्रान्सका कानुनमन्त्री निकोल बेलोबेले सर्च इन्जिनलाई औपचारिक रुपमा पत्र नै लेखेका छन् । तथापी गुगलले हालसम्म फोटो हटाएको छैन । 

गुगलले फ्रान्स सरकारको आग्रहको जवाफमा फ्रान्सले आफ्नो जेलमा रहेको कमजोरी हटाउन आग्रह समेत गरेको छ । उक्त जेलमा एन्टी हेलिकप्टर जाली पनि लगाइएको थिएन । फैद पेरिसको रो जेलमा कैद थिए । 

इन्टरनेट जेलको फोटो सुरक्षाको हिसाबले खतरानक 
मन्त्री बेलोबेले एक रेडियो च्यानलमा बोल्ने क्रममा भनेका छन्, ‘इन्टरनेटमा हाम्रो जेलहरुको फोटो देखिनु सामान्य कुरा होइन । सुरक्षाको हिसाबले यसलाई सही मान्न सकिँदैन ।’

बेलोबेले यसबारे थप भने, ‘हामीले गूगललाई पत्र लेखेर हाम्र जेलहरुको फोटोहरु हटाउनको लागि भनेका छौं । तर हालसम्म हाम्रो आग्रहको कुनै कारबाही भएको छैन । सायद पत्र लेखेको मान्छेलाई हामीले व्यक्तिगत रुपमै आफैँ भेट्नुपर्ने होला ।’

यता गुगलको प्रवक्ताले भने यसबारे स्पष्ट पार्दै भने, ‘हामी गुगल म्याप्स र गुगल अर्थको बाहिरी स्रोतमार्फत तस्बिरहरु बनाउँछौ । हामी सहयोग चाहिएकाहरुलाई संवेदनशील स्थानहरुको तस्बिर र जानकारीहरु प्रदान गर्छौं । साथमा हामी उनीहरुले उठाउनुपर्ने संवेदनशील कदमबारे पनि भन्छौं । संवेदनशील स्थानहरुमा आणविक संयन्त्र र सेनाको आधार पनि पर्छ ।’

भोक हड्तालमा फैद
मन्त्री बेलोबेका अनुसार पछिल्लो केही दिनदेखि फैदले खाना खान छाडेका छन् । उनी भोक हड्तालमा छन् र ब्यारेकमा एक्लै बसिरहेको छन् । 

उनलाई उत्तरी फ्रान्सको एक जेलमा राखिएको छ । त्यहाँ उनलाई कोहीसँग पनि भेट्न दिइएको छैन । 

किताब प्रकाशित छ फैदको
फ्रान्सको कययौं मनिसहरु फैदलाई सेलिब्रिटी जसरी हेर्छन् । अपराधको दुनियाँमा उनले कसरी कदम राखे भनेर उनले एक किताब लेखिसकेका छन् । 

फैदको दावी अनुसार उनले लुट्ने तरिका हलिउड फिल्मबाट सिकेका हुन् । पहिलो पटक फैदलाई सन् १९९८ मा एक हतियारसहित गरिएको डकैतीको आरोपमा गिरफ्तारी गरिएको थियो । 

फिल्मी तरिकाबाट जेलबाट फरार 
फैद दक्षिण–पूर्वी पेरिसको रो जेलमा कैद थिए । जुलाई १ को दिन तीन हतियारधारी आक्रमणकारी मानिस जेल आगन्तुक कक्ष तोडेर फैद भएको ठाँउमा पसे । आक्रमणकारी आफूसँग हेलिकप्टर लिएर आएका थिए । हेलिकप्टर पाइलटलाई उनीहरुले बन्धन बनाएका थिए । 

४६ वर्षका फैद सन् २०१० मा भएको एक डकैतीका मास्टरमाइण्ड हुन् । त्यस अपराधको लागि उनलाई २५ वर्ष जेल सजाय तोकिएको थियो । यो डकैतीको दौरान एक महिला प्रहरी मारिएकी थिइन् । 

फैदका अनुसार उनी माफिया ग्याङका कथामा आधारित हलिउड फिल्महरुबाट प्रभावित छन् । उनको ग्याङ पनि डकैती र फिरौतीको लागि कुख्यात छ । 

फैदले एक पटक बताए अनुसार अल प्याचीनोले अभिनय गरेको हलिउड थ्रीलर फिल्म स्कारफेसबाट उनले कयौं डकैतीका तरिकाहरु सिकेका छन् । उनी अल प्याचिनको जीवनशैलीबाट पनि प्रभावित छन् । 

सन् १९९७ मा फैदले डकैतीको क्रममा एक सुरक्षागार्डमाथि हमला गरे । यो दौरान फैद र उनका सहयोगीहरुले आईस हक्की खेलमा गोलकिप्परले प्रयोग गर्ने मास्क लगाएका थिए । यो रोबर्ट डि नेरोको फिल्म हिटमा प्रयोग भएको थियो । 

फैदले प्रहरीसँगको बयानमा आफूले हिट फिल्म डीभीडीमा सयौं पटक हेरेको बताएका थिए । पेरिस फिल्म फेस्टिवलको दौरान फैदले हिटका निर्देशक माइकलम्यानलाई भेटेका पनि थिए । भेटमा उनले माइकलम्यानलाई ‘तपाई मेरो प्राविधिक सल्लाहकार हुनुहन्छ’ बताएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप