शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

गीतमार्फत करोड क्लबमा सरोजको ह्याट्रिक

आइतबार, २८ असोज २०७५, १७ : ५५
आइतबार, २८ असोज २०७५

काठमाडौं – एक गीतले युट्युवमा करोड दर्शक पायो भने ठुलै हल्ला खल्ला गर्ने गायक धेरै छन् नेपाली संगीतिक क्षेत्रमा । यो भीडमा भिन्न देखिएका छन् सरोज ओली । गायक ओलकिा तीन गीतले युट्युवमा करोर्ड दर्शकको रेकर्ड भनाई सकेको छ । तर पनि उनी चुपचाप छन् ।

ओलीको ‘तिमीलाई देखेपछि आई लभ यु’, ‘जता जता पिरतीको बाटो’ र ‘माछीले खाने खोलीको लेऊ’बोलका गीतले युट्युवमा करोड बढी दर्शक पाएका छन् ।  यी गीत युट्युवमा दर्शक पाउन मात्र होइन । मेला महोत्सव, स्कुल तथा कलेजका कार्यक्रमहरुमा समेत प्रथामिकतामा पर्ने गरेको छ । 

आधुनिक अन्र्तगत युट्युबमा सबैभन्दा धेरै मन पराइएका गीतको सूचिको अग्रपंक्तिमा आफ्नो गीत पर्न सफल भएकोमा यसका गायक सरोज भने दंग छन् ।  ‘गीतले धेरै दर्शक मात्र पाएको होइन’ सरोजले भने ‘गीतका धेरै  कभर भिडियो पनि बनेका छन् । त्यसले समेत दर्शक धेरै पाएको छ ।’

गायक ओलीले पछिल्लो समय ‘पानीको कुवाको’ बोलको गीत ल्याएका छन् । कार्टुन्जक्रु माथि फिचरिङ गरिएको यो भिडियोले पनि दिन प्रतिदिन दर्शक पाइरहेको छ ।  ‘तिमीलाई देखेपछि आइ लभ यु’ गीतको भिडियोमा पल शाह र कुन्जना घिमिरे ‘सुन्तली’को अभिनय रहेको छ, भने ‘माछीले खाने खोलीको लेउ’मा प्रियंका कार्कीको अभिनय रहेको छ । 

सरोजका धेरै गीत हिट छन् । त्यो हुनुमा आफ्नो चुजि प्रमुख कारण रहेको उनी बताउछन् ।  झापा जन्मिएर  कलाकार बन्ने सपना मनभरी बोकेर २ दशक अगाडि काठमाडौँ छिरेका उनी अहिले राम्रो कलाकार समेत भएका छन् ।

बाल्यकालदेखि नै नाँच्न मन पराउने उनी नृत्य पनि राम्रो गर्दछन् । त्यसैले पनि उनी धेरै म्युजिक भिडियोमा अभिनय गर्न सफल भएका छन् । सुचना तथा सन्देशमूलक गीत, ट्राफिक नियम सम्बन्धी गीत केही पहिले दिएका उनी एक समय ट्राफिक गीत गाउने गायक भनेर समेत चिनिन्थे । 

गायनबाट दर्जन बढी अवार्ड हात पारेका उनी यो वर्षको दशैं जन्मघर झापामा मनाउँदैछन् । गाउँमा दशैँ मनाउनुको मज्जानै बेग्लै हुने बताउने उनको दशैमा पूर्वतिर हुने विभिन्न मेला महोत्सवमा समेत गाउने योजना रहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप