शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

फिल्म ‘डाइङ क्यान्डल’लाई  सिंगापुरमा दुई अवार्ड

आइतबार, २८ असोज २०७५, १७ : २८
आइतबार, २८ असोज २०७५

काठमाडौं – ‘सिंगापुर साउथ एसियन इन्टरनेशनल फिल्म फेष्टिवल’मा नेपाली फिल्म ‘डाइङ क्यान्डल’ ले दुई अवार्ड हात पारेको छ । फिल्मले उत्कृष्ट अभिनेत्री र छायाँकारको अवार्ड हात पारेको हो ।  अभिनेत्रीको अवार्ड सृजना सुब्बाले थाप्दा छायाँकारको अवार्ड दीपन्कर सिक्देर र रवीन आचार्यले पाए । नरेशकुमार केसीको निर्देशन रहेको फिल्मले दिदीभाईको आत्मीयताको कथा बिषय बनाएको छ । 

फेस्टिवलमा फिल्म नोमिनिज भएपछि निर्देशक केसी र अभिनेत्री सुब्बा सिंगापुर पुगेका थिए । फिल्मले अन्तराष्ट्रिय अवार्ड जित्नु आफ्नो लागि थप जिम्मेवारी थपिएको निर्देशक केसीले बताए । फिल्ममा सिर्जना सहित लाक्पा सिंगे तामाङ, सौगात मल्ल, अर्पण थापा, लगायतक कलाकारकबो मुख्य भूमिका रहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप