सेयर बजार सुनसान, लगानीकर्ताको उपस्थिति न्युन हुँदा कारोबारमा कमी
काठमाडौं– साताको पहिलो दिन सेयर बजारमा १४.१५ अंकको बृद्धि भएपनि कारोबारमा भने उत्साह देखिएको छैन । लगानीकर्तालाई दशैं लागेपछि २६ करोड ९९ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
कारोबारमा १५८ कम्पनी आएका थिए । समग्रमा बजार १.१५ अंकले बढेको हो । आज जलविद्युत र उत्पादन तथा प्रशोधन समुह घटेको छ । जलविद्युत १.३१ अंकले घटेको छ भने उत्पादन तथा प्रशोधन ९५.७३ अंकले घटेको छ ।
बाँकी रहेका अरु समुहमा भने बृद्धि देखिएको छ । सबैभन्दा बढी निर्जिवन वीमातर्फ ८७.६१ अंकले बढेको छ भने जीवन वीमातर्फ ५७.४९ अंकले बढेको छ । यता होटल समुह ५५.३४ अंकले बढ्दा बैंकिङ समुह १७.३७ अंकले बढेको छ । विकास बैंक १८.१५ अंकले बढेको छ ।
लघुवित्त समुह ११.१४ अंकले बढेको छ भने फाइनान्स समुह ३.२४ अंकले बढेको छ र अन्य समुह ४.२७ अंकले बढेको छ । आज सबैभन्दा बढी एनएमबी बैंकको २ करोड ४५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ भने मेगा बैंकको २ करोड १८ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रसारणको लाइनको तार परिवर्तन गर्दै विद्युत् प्राधिकरण, काठमाडौँका यी स्थानमा आपूर्ति बन्द हुने
-
डढेलो नियन्त्रणमा सरकार संवेदनशील देखिएन: नेता कोइराला
-
डिएभी विद्यालयमा राग र ताल मिश्रित सांस्कृतिक कार्यक्रम ‘तरङ्ग’ भव्य रूपमा सम्पन्न
-
मेचीनगरमा तीन खानेपानी आयोजना सम्पन्न
-
एकल, दलित र विपन्न महिलालाई आत्मनिर्भर बनाउन सवारी चालक तालिम
-
ब्राइटनविरुद्ध म्यानचेस्टर सिटीलाई ४–० को जित, उपाधि होड थप रोमाञ्चक