शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

टोखा नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत १ लाख रुपैयाँ घुस लिँदै गर्दा रंगेहात पक्राउ

आइतबार, २८ असोज २०७५, १६ : १०
आइतबार, २८ असोज २०७५

काठमाडौं– टोखा नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद सुवेदी एक लाख रुपैयाँ घुस लिइरहेको अवस्थामा रंगेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले आइतबार आफ्नै कार्यकक्षमा उनलाई घुस लिइरहेको अवस्थामा रंगेहात पक्राउ गरेको हो ।

प्रमुख अधिकृत सुवेदीले टोखा नगरपालिका वडा नम्बर– ७ मा निर्माण भएको बाटोको अन्तिम भुक्तानीमा आलटाल गर्दै स्थानीय उपभोक्ता समितिका अध्यक्षसँग १ लाख रुपैयाँ घुस मागेका थिए । सोही बमोजिम उपभोक्ता समितिका अध्यक्षले १ लाख रुपैयाँ प्रमुख अधिकृत सुवेदीलाई बुझाउन पुगेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप