शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

महासंघद्वारा ज्ञवालीको निधनमा दुःख व्यक्त

आइतबार, २८ असोज २०७५, १५ : ३८
आइतबार, २८ असोज २०७५

काठमाडौं– नेपाल पत्रकार महासङ्घले नेपाल रिपब्लिक मिडिया तथा कान्तिपुर पब्लिकेशन्सका संस्थापक अध्यक्ष हेमराज ज्ञवालीको निधनमा दुःख व्यक्त गरेको छ । 

महासङ्घका महासचिव रमेश विष्टले विज्ञप्ति जारी ज्ञवालीको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक योग्य, अनुभवी र व्यावसायिक पत्रकारिताका अभियानकर्मीलाई गुमाएको बताएका छन् । 

महासङ्घले उनले नेपालको व्यावसायिक पत्रकारिताका लागि निर्वाह गर्नुभएको अतुलनीय भूमिकाको नेपाली पत्रकारिता जगत्ले सदा स्मरण गरिरहने जनाएको छ । छातीमा असजिलो भएपछि बाँसबारीस्थित गङ्गालाल हृदय केन्द्रमा उपचारका लागि लगिएकामा ज्ञवालीको उपचारकै क्रममा शनिबार ७९ वर्षका उमेरमा निधन भएको हो । 

वि.सं २०४६ को राजनीतिक परिवर्तनपछि ‘कान्तिपुर’ पत्रिका प्रकाशन शुरु गरी ज्ञवालीले नेपालमा व्यावसायिक पत्रकारिताको थालनी गरेका थिए । वि.सं २०६२÷६३ को जनआन्दोलनपछि उनले नेपाल रिपब्लिक मिडिया स्थापना गरी ‘नागरिक’ दैनिक र अङ्ग्रेजीमा ‘रिपब्लिका’ दैनिक प्रकाशन गरी सञ्चारक्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएका थिए । 

भाषा, साहित्य, कला र संस्कृतिमा योगदान पु¥याउनु भएका ज्ञवालीका एक दर्जनभन्दा बढी कृति प्रकाशित छन् । स्व ज्ञवालीका श्रीमती र तीन छोरा रहेका छन् ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप