शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

काँग्रेस पार्टी कार्यालय सानेपामा बास्तोलालाई अन्तिम श्रद्धाञ्जली, १८ तस्बिरमा हेर्नुहोस्

आइतबार, २८ असोज २०७५, १५ : ०८
आइतबार, २८ असोज २०७५

काठमाडौं– नेपाली काँग्रेसका नेता चक्रप्रसाद बास्तोलाको पार्थिव शरीरमा नेताहरुले अन्तिम श्रद्धाञ्जली दिएका छन् ।

उनको शव आज सातदोवाटोस्थित घरबाट काँग्रेस पार्टी कार्यालय सानेपामा लगेर श्रद्धान्जलीका लागि राखिएको हो ।

पार्टी कार्यालयमा बास्तोलाको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गर्न काँग्रेस सभापति शेरबहादुर देउवा, महामन्त्री शशांक कोइराला, नेता रामचन्द्र पौडेल, नेकपा नेता झलनाथ खनाल, महासचिव विष्णु पौडेल  लगायत विभिन्न पार्टीका सांसद र अन्य नेता कार्यकर्ता तथा शुभेच्छुक पुगेका थिए ।

हिजो राति निधन भएका बास्तोलाको आजै पशुपति आर्यघाटमा दाहसंकार गरिँदैछ । काँग्रेसले बास्तोलाको निधनपछि पार्टीका पूर्वनिर्धारित कार्यक्रम स्थगित गरेको छ ।

काँग्रेसभित्रका कुनै बेलाका चर्चित नेता बाँस्तोलालाई ०६९ पुसमा मस्तिस्कघात भएको थियो ।

त्यसपछि उनलाई नयाँ दिल्लीको मेदान्त अस्पताल लगेर उपचार गरिएको थियो । त्यहाँ तीन महिना उपचार गर्दा पनि ठीक नभएपछि उनलाई स्वदेश फर्काएर उपचार गराइएको थियो । ०७० कात्तिकदेखि भने उनको उपचार घरमै आइसीयू बेड राखेर उपचार गरिएको थियो । उनलाई पाइपबाट खाना खुवाइँदै आएको थियो ।

बिपीको प्रेरणाले बास्तोला ०१७ सालबाट राजनीतिमा होमिएका थिए । विपीबाटै समाजवादी दीक्षा पाएका उनी चर्चित विमान अपहरण (२०३० साल)को नाइकेमध्येका एक थिए ।

बास्तोलाले बनारस हिन्दु विश्वविद्यालय (बीएचयु) मा राजनीतिशास्त्रका पोस्टग्र्याजुएट गरेका थिए । ०४८ संसदीय चुनाव उनी झापाबाट उम्मेदवार भएपनि पराजित भएका थिए । त्यसपछि तत्कालीन गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले उनलाई भारतका लागि राजदूत सिफारिस गरेको थियो ।

भारतीय अदालतमा विमान अपहरणको मुद्दा खेपिरहेका बास्तोलाको विषयमा सरकारले भारत सरकारलाई मनाएपछि उनी राजदूत बनेका थिए । परराष्ट्रमनत्री समेत भैसकेका बास्तोला काँग्रेसभित्रका बौद्धिक नेता थिए । सिद्धान्त र दर्शनमा गहिरो रुचि राख्ने उनी पार्टीको चुनावी घोषणापत्र लेखनका बेला नेताहरुको पहिलो रोजाइमा पर्थे ।

२०३० सालको चर्चित विमान अपहरणदेखि तत्कालिन युद्धरत माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन बाँस्तोलाले सक्रिय भूमिका खेलेका थिए । विशेषगरी बाँस्तोलाले सम्पर्क सूत्रको काम गर्दै कोइरालालाई सघाएका थिए ।

बास्तोलाका श्रीमती र दुई छाेरी छन् । 

तस्बिरहरु : कृष्ण खड्का

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण खड्का
कृष्ण खड्का

कृष्ण खड्का फोटो पत्रकार हुन् ।

लेखकबाट थप