सिकागोमा ट्रम्पविरुद्ध हजारौंको र्याली
आइतबार, २८ असोज २०७५, १४ : ४०
सिकागो– अमेरिकाको सिकागोमा राष्ट्रपति डोनाल्ड ट्रम्पको विपक्षमा हजारौंले प्रदर्शन गरेका छन् ।
आउदो नोभेम्बरमा हुने सिनेटको मध्यावधि निर्वाचनको पूर्वसन्ध्यामा डेमोक्रयाट पार्टीका समर्थकहरुले ट्रम्पको विपक्षमा प्रदर्शन गरेका हुन् ।
उनीहरुले ‘निलोलाई मतदान’ लेखेका ठूला ब्यानर पनि फहराएका थिए ।
प्रदर्शनकारीहरुले ट्रम्पलाई ‘महिला विरोधी एजेण्डा’ बोकेको राष्ट्रपतिका रुपमा चित्रित गर्दै मतदातालाई आफ्नो पक्षमा सहयोग गर्न सन्देश प्रवाह गरेका थिए ।
निर्वाचन लक्षित र्याली डाउनटाउन पार्कबाट सुरु भएको थियो । र्यालीमा सहभागीहरुलाई डेमेक्राट्सका तर्फबाट हिलारी क्लिन्टनले भिडियोमार्फत् सम्बोधन गर्दै आफ्ना उम्मेदवारको पक्षमा मतदान गर्न आग्रह गरेका थिए ।
ट्रम्प प्रशासनलाई उत्तरदायी र जिम्मेवार बनाउन आफ्नो पक्षलाई जिताउनु पर्ने उनको भनाई थियो । –एएफपी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक रोजगारीमा जाने श्रमिकको हवाई टिकटमा खानाको व्यवस्था गर्न विभागको आग्रह
-
सिद्धार्थ बैंकलाई ‘अन्तर–बैंक पुरुष फुटसल’को उपाधि
-
कालीकोट जिल्लाकै नमुना स्याउ फोइमहादेवमा
-
त्रिवि भूगोल केन्द्रीय विभागमा माटो परीक्षण तालिम
-
उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति
-
भारतीय प्रधानमन्त्री मोदी र राहुलको भाषणमाथि निर्वाचन आयोगको नोटिस