बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

कांग्रेस केन्द्रीय समिति बैठकमा के-के हुँदैछ ?

शनिबार, ०७ साउन २०७४, १४ : १४
शनिबार, ०७ साउन २०७४


काठमाडौं -पहिलो र दोश्रो चरणको स्थानीय तहको निर्वाचनमा अप्रत्यासित पराजय व्यहोरे पछि त्यसको समिक्षा गर्दै निर्वाचन केन्द्रीत रणनिति बनाउन नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरु भएको छ । 

स्थानीय तहको निर्वाचन परिणामले पार्टीको नेतृत्व र संगठनमाथि नै प्रश्न चिन्ह उठाएको भन्दै सर्वत्र आलोचना भईरहेका बेला सोही विषयमा समिक्षा गर्न कांग्रेसले केन्द्रिय समिति बैठक गरेको हो । पार्टीलाई पुर्याएको योगदानको मुल्याङ्कन नगरी निकट रहेकालाई टिकट वितरण गर्दा पराजय व्यहोर्नुपरेको भन्दै पार्टी भित्रै नेतृत्वको आलोचना हुदै आएको छ । 


यस परिवेशमा सनिबार बिहान पार्टी केन्द्रिय कार्यालय सानेपामा नेपाली कांग्रेसको समिक्षात्मक केन्द्रीय समिति बैठक सुरु भएको हो । बैठकमा स्थानीय तहको निर्वाचन परिणामले उठाएका प्रश्न, सांगठनिक कमि कमजोरी औल्याउदै आगामी निर्वाचनमा अवलम्बन गर्नुपर्ने रणनिति तयार गर्ने बारे छलफल भईरहेको केन्द्रीय सदस्य महेश आचार्यले जानकारी दिए । 


पहिलो र दोश्रो चरणको स्थानीय तहको निर्वाचनमा खटिएका केन्द्रीय सदस्यहरुबाट टिकट वितरण, संगठन परिचालन लगायत निर्वाचनमा भएका कमिकजोरीको  समिक्षा गर्दै आगामी रणनिति तयार गर्नमा नै बैठक केन्द्रीय भएको अर्का केन्द्रीय सदस्य प्रदिप पौडेलले जानकारी दिए । 

बैठकको सुरुवात गर्दै पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले बोलिसक्नुभएको छ । सबै केन्द्रीय सदस्यले आ–आफ्नो धारणा राख्ने भएकाले बैठक कम्तिमा तीन दिन चल्ने केन्द्रीय सदस्य पौडेलले जानकारी दिए । 

स्थानीय तहको निर्वाचन परिणामको समिक्षाको अलावा मन्त्रीपरिषद् विस्तार, संविधान संसोधन तथा प्रादेशिक र केन्द्रीय संसदको निर्वाचन लगायत विषयमा पनि बैठकमा छलफल भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप