बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

आत्मघाती बम आक्रमणमा १४ जनाको मृत्यु

आइतबार, २८ असोज २०७५, १३ : ३७
आइतबार, २८ असोज २०७५

मोगादिसु– शक्तिशाली दुईओटा आत्मघाती बम विस्फोटनमा परी सोमालियामा १४ जनाको मृत्यु भएको छ ।  सोमालियाको दक्षिणपश्चिमी क्षेत्रमा शनिबार भएको घटनामा परी अरु २० जना घाइते भएको अधिकारीहरुले जनाएका छन् । 

अपरिचित दुई व्यक्तिले बाय क्षेत्रको बाइडोय सहरमा रहेको विलान होटल र बद्री रेष्टुरेन्टलाई लक्षित गरी छुट्टा छुट्टै आत्मघाती आक्रमण गरेका थिए ।  प्रहरी प्रमुख अब्दी मोहमद अलीले मृत्यु भएका अधिकांश सर्वसाधारण नागरिक रहेको अनाडोलु समाचार संस्थालाई जानकारी दिए । 

बायका सूचना मन्त्री उगास हसन इब्राहिमले घाइतेहरुलाई तत्काल उद्धार गरी बाइडोय क्षेत्रीय अस्पतालमा भर्ना गरिएको जानकारी दिए । 

लडाकू समूह अल शबाबले अन्डालुस रेडियो मार्फत आक्रमणको जिम्मेवारी लिएको समाचारमा जनाइएको छ ।  सो समूहले सोमालिया र पूर्वी अफ्रिकामा बेलाबेलामा यस्ता आत्मघाती आक्रमणहरु गर्दै आएको छ । –एएनआई
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप