शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश ३ ले गर्यो आफूखुसी निर्णय

आइतबार, २८ असोज २०७५, ०६ : १४
आइतबार, २८ असोज २०७५

काठमाडौं - केन्द्रले स्वीकृत गरेको सांगठनिक संरचना (ओएन्डएम) भत्काउदै प्रदेश सरकारले मकवानपुर र सिन्धुलीमा डिभिजन वन कार्यालय एक-एकवटा मात्र राख्ने निर्णय गरेको छ । 

उक्त निर्णयप्रति केन्द्रीय वन तथा वातावरण मन्त्रालयले आपत्ति जनाएको छ । आजको कान्तिपुरमा समाचार छापिएको छ । 

केही दिनअघि प्रदेश ३ को मन्त्रीपरिषद बैठकले मकवानपुर र सिन्धुलीमा दुई-दुईवटा डिभिजन वन राख्ने गरी करिब तीन महिनाअघि पारित ओएन्डएम भत्काउँदै एक-एकवटा मात्र राख्ने र बढी कर्मचारी केन्द्रमै फिर्ता गरिदिने निर्णय गरेको थियो । 

प्रदेश ३ का मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले उक्त निर्णय संघीय मन्त्रिपरिषद कार्यालयमा पठाइसकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप