समृद्ध राष्ट्रका लागि सबै विद्यार्थी एकजुट हुनुपर्छ : दिपेश पुन
विराटनगर । अखिल (क्रान्तिकारी) का उपाध्यक्ष दिपेश पुनले सरकारको समृद्ध राष्ट्र र सुखी नेपालीको परिकल्पनालाई साकार पार्न सबै विद्दार्थीहरु एकजुट भई अगाडि बढ्नुपर्ने बताएका छन् ।
आज अनेरास्ववियू र अखिल (क्रान्तिकारी) मोरङ जिल्लाले संयुक्त रुपमा आयोजना गरेको दशैं शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले अहिले दुई तिहाई सरकार र वाम पार्टी विरुद्व देशीविदेशी शक्तिहरु चौतर्फी घेराबन्दि गरेर देशलाई समृद्धितर्फ लैजान नदिनको लागि षडयन्त्र गरिरहेकोले यसका विरुद्व सबै युवा विद्दार्थीहरु एक भएर अगाडि बढ्नुको विकल्प नभएको बताए ।
दशैंलगत्तै दुई अखिलको सांगठानिक एकता सम्पन्न गरेर संविधानमा लेखिएको शिक्षा,स्वास्थ्य,रोजगारीलाई कार्यान्वयन गरेर शिक्षामा देखिएको विभेदलाई हताउँदै समान शिक्षा सबैको शिक्षाको लागि एकिकृत संगठनले नयाँ योजना र कार्यक्रम लिएर आउने बताउँदै उनले दुवै संगठनका तल्ला कमिटिहरु सुझाब दिन आग्रह पनि गरे ।
कार्यक्रममा बोल्दै अनेरास्ववियूका केन्द्रिय सचिव ओसिम आलमले पछिल्लो चरण विद्यार्थी संगठनहरु शैक्षिक एजेण्डाभन्दा पनि राजनैतिक एजेण्डा बढी हिँडेको आरोप भएको चर्चा गर्दै अब सम्पूर्ण विद्यार्थी संगठन शैक्षिक एजेण्डाको स्पष्टमार्ग चित्रसहित अघि बढ्ने बताए ।
अखिल (क्रान्तिकारी)मोरङ जिल्ला संयोजक ताजिम अन्सारीको सभापतित्व र दिपेन्द्र मेहताको सञ्चालनमा भएको कार्यक्रममा अनेरास्ववियू सचिवालय सदस्य भाष्कर खनाल, नेकपा नेता पूर्व विद्यार्थी नेता सुमन कालेकोटे,देवा यादव लगायतले दशैंको शुभकामना व्यक्त गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण