शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

जनताले गुणस्तरीय खानेपानी पाउनुपर्छ : सभामुख महरा

शनिबार, २७ असोज २०७५, १८ : ३७
शनिबार, २७ असोज २०७५

तुलसीपुर । सभामुख कृष्णबहादुर महराले खानेपानी संस्थाले जनतालाई स्वच्छ र गुणस्तरीय खानेपानी वितरण गर्नुपर्ने बताएका छन् । 

अमृतपुर खानेपानी तथा उपभोक्ता तथा सरसफाइ संस्थाको १२औँ वार्षिक साधारणसभा तथा रजतजयन्ती कार्यक्रमलाई आज यहाँ सम्बोधन गर्दै सभामुख महराले खानेपानी, शिक्षा, स्वास्थ्यलगायतका आधारभूत आवश्यकता जनताले पाउनुपर्ने बताए । 

‘सरकारले ‘एक घर, एक धारा’को नीतिलाई अगाडि सारेको छ, सोही नीतिअनुरुप घर घरमा खानेपानी पु¥याउनेतर्फ खानेपानी संस्था लाग्नुपर्छ’, सभामुख महराले भने । उनले अमृतपुर खानेपानीले अगाडि सारेको सहलगानी कोष स्वीकृत भएकोसमेत बताए । 

उनले पछिल्लो समयमा विभिन्न कारणले खानेपानीको मुहान सुक्दै गएको भन्दै पानीका मुहान संरक्षणमा ठोस कदम चाल्नुपर्ने बताए । सभामुख महाराले, ‘अहिले विभिन्न कारणले दाङमा खानेपानीका मुहान सुक्दै गएका छन् खानेपानीको स्थायी विकल्पका लागि सबै एक भएर योजना बनाउनुहोस् ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप