शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

काँग्रेस नेता चक्रप्रसाद बास्तोलाको निधन

शनिबार, २७ असोज २०७५, १७ : ०९
शनिबार, २७ असोज २०७५

काठमाडौँ–लामो समयदेखि अस्वस्थ्य रहँदै आएका नेपाली काँग्रेसका नेता एवं पूर्वमन्त्री चक्रप्रसाद बास्तोलाको निधन भएको छ । 

ललितपुरको खुमलटारस्थित आफ्नै निवासमा शनिबार राति ९ः२० बजे नेता बास्तोलाको निधन भएको उनका निजी सचिव राधाकृष्ण काफ्लेले जानकारी दिए ।विसं २०६९ पुस १४ गतेदेखि उनी  मष्तिस्काघातबाट पीडित थिए । 
उनलाई २०६९ साल पुस १४ गते मोरङको विराटनगरमा भेलालार्इ सम्बोधन गर्दा गर्दै लडेपछि मस्तिष्कघात भएको थियो ।

जनआन्दोलनमा सक्रिय भूमिका निभाएका बास्तोला कांग्रेसमा बौद्धिक नेता मानिन्थे  ।

काँग्रेसका पूर्व केन्द्रीय सदस्य बास्तोला भारतका लागि पूर्व राजदूत समेत थिए । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप