शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नदीजन्य बस्तुको चोरी निकासी बढ्दै

शनिबार, ०७ साउन २०७४, १३ : ३५
शनिबार, ०७ साउन २०७४

नवलपरासी -नवलपरासीमा नदीजन्य बस्तु ९ ढुंगा, गिट्टी, बालुवा ० को जथाभावी उत्खनन् गरी त्यसको चोरी निकासी गर्ने कार्य बढ्दै गएको छ । 

नवलपरासीमा हाल ठेक्का नलागेका विभिन्न खोला नालाबाट दिनहँुजसो नदीजन्य बस्तु चोरी निकासी मौलाउँदै गएपनि प्रहरी प्रशासन मौनछ । प्रहरी प्रशासनको संरक्षणमा दिनहँुजसो विभिन्न खोला नालाबाट खोला जन्यबस्तु चोरी निकासी हँुदै आएको स्थानीयवासीको आरोप छ । 

दिउँसोको समयमा भन्दा पनि रातको समयमा खोलाबाट खोलाजन्य बस्तुको चोरी निकासी हँुदै आएको स्थानीयवासीले बताएका छन् । 
अहिले तुरिया खोला, पानभार खोला, भलुही खोला, सोमनाथ खोला, रायपुरवा , केरुंगे, विनय, बौलाहा , अरुण खोलाबाट खोलाजन्य पदार्थको चोरी निकासी कार्य हुनेगरेको छ । 

यसबारे प्रहरी प्रशासन मौन छ । जिल्ला समन्वय समितिले समयमानै ठेक्का लगाउन नसक्दा नदीजन्य बस्तुको चोरी निकासी बढेको हो । यसबारे जिल्ला समन्वय समितिले यस आर्थिक वर्ष ०७४÷७५ का लागि खोलाजन्य बस्तुको जिल्ला निकासी लगायतका अन्य ठेक्काको प्रक्रिया अघि बढाएको जनाएको छ । 

नवलपरासीमा करिब २० वटा खोलामा जिल्ला समन्वय समितिले यस अगाडिका वर्षमा ठेक्का लगाउने गरेको थियो । जसमध्ये राजमार्गदेखि उत्तर तर्फका विशेषगरी दाउन्ने पूर्वका सबै खोला राष्ट्रपति चुरे तराई –मधेस संरक्षण विकास समिति अन्तर्गत चुरे क्षेत्रमा पर्ने गर्दछन् । 

नवलपरासीमा यसरी खोला नदीजन्य पदार्थको अवैध चोरी निकासी बढ्दै जाँदा बाढी पहिरो, भूक्षय, वन विनाश हुने खतरा बढ्दै गएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप