शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘छक्का पन्जा ३’ देशभर हाउसफुल, बन्ला त नयाँ रेकर्ड ?

शनिबार, २७ असोज २०७५, १५ : ०१
शनिबार, २७ असोज २०७५

काठमाडौं – घटस्थापनाको अवसर पारेर गत बुधबारबाट प्रदर्शनमा आएको चलचित्र ‘छक्का पन्जा ३’ले प्रदर्शको सुरुवाती व्यवसाय राम्रो गर्न सफल भएको छ । 

शुक्रबार मात्र नयाँ चलचित्र रिलिज गर्ने परम्परा भएपनि घटस्थापनाको विषेश दिनको अवसर पारेर चलचित्र प्रदर्शनमा आएको हो । एकल रिलिजको अवसर पाएको यो चलचित्रले प्रदर्शनकै दिन राम्रो ओपनिङ गर्न सफल भएको थियो । 

‘छक्का पन्जा ३’ले यस अगाडिका चलचित्रले बनाएको इनिसियल ब्यवसायको रेकर्ड तोड्न सफल भएको बितरकको भनाई रहेको छ । 

लागेकै दिन अत्याधिक दर्शक पाएपनि दोस्रो र तेस्रो दिन अर्थात बिहिबार र शुक्रबार ठिकठिकै दर्शक पाएको यसले आज शनिबार भने देशभर राम्रो दर्शक पाएको छ । 

चलचित्र दीपाश्री निरौलाले निर्देशन गरेकी हुन् ।

‘शनिबार देशभरका अधिकाम्स चलचित्र भवन दर्शकले हाउसफुल भएका छन्’ निर्देशक दीपाले भनिन् ‘दर्शकको हामी प्रति माया रतिपनि घटेको रहेनछ ।’ ‘आफूले दर्शकको चाहना जहिले पनि चलचित्रमा समेट्ने गरेको बताएकी दीपाले दर्शकको भरोसा चलचित्रले नतोडेको सुनाइन् । उनले थपिन्  ‘छक्का पन्जा ३’ले उठाएको बिषेशबस्तु राम्रो भएको कारण पनि दर्शक दिन प्रतिदिन बढ्ने बिश्वास हाम्रो टिमको छ ।’

दीपकराज गिरी, दीपिका प्रसाई, केदार घिमिरे, जितु नेपाल, वुद्दि तामाङ लगायतका कलाकारको मुख्य भूमिका रहेको यो चलचित्रको बिषयबस्तुलाई समिक्षकले पनि तारिफ गरिरहेका छन् ।

यस अगाडि बनेका ‘छक्का पन्जा’को सिरिज भन्दा अहिलेको धेरै राम्रो समिक्षकको भनाई रहेको छ ।

सर्वसाधारणदेखि कलाकर्मीसम्म ‘छक्का पन्जा ३’ हेर्ने प्राय सबैले सामाजिक संजालमा आफुलाई चलचित्र मनपरेको प्रतिक्रिया दिएको देख्न सकिन्छ । 

‘छक्का पन्जा’ आफैमा एउटा ब्रांन्ड पनि हो । यो चलचित्रको   ‘पहिलो नम्बरमा’ बोलको गीत समेत दर्शकको मनमा झुन्डिन सफल छ । गीत र विषयबस्तुले गर्दा चलचित्र दर्शकको रोजाइमा पर्न सफल भएको कलाकार निर्माता दिपकराज गिरी बताउँछन् । 

स्वस्तिमा खड्का र वर्षा राउत चलचित्रको अतिथि भूमिकामा छन् ।

दीपा र दीपककै लगानी रहेको चलचित्रमा पुरुषोत्तम प्रधानले खिचेका हुन् । कमेडी कथामा सामाजिक सन्देश बोकेको चलचित्रले बोकेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप