बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

दर्जिलिङमा प्रदीप र जसिताको ‘लभ स्टेशन’

शनिबार, २७ असोज २०७५, १३ : ४१
शनिबार, २७ असोज २०७५

काठमाडौं – अभिनेता प्रदीप खड्का र अभिनेत्री जसिता गुरुङले फेरि जोडी बाधेको चलचित्र ‘लभ स्टेशन’को अहिले दार्जिलिङको बिभिन्न स्थानमा छायाँकन भइरहेको छ । 

११ आसोजबाट दर्जिलिङदेखि छायाँकन सुरु चलचित्रको अहिले आधाआधी काम सकिएको प्रस्तुतकर्ता गोबिन्द शाहीले जानकारी दिए । 

‘हामीले दुई ओटा गीत सहित ५० प्रतिसत छायाँकन सकेका छौं’ शाहीले भने ‘तोकिएको समय ३५ दिनमै छायाँकन सकेर हामी तिहार अघि नै काठमाडौं फर्कन्छौं ।’ 

‘लभ स्टेशन’मा प्रदीप र जसितासँगै रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, बिनोद कुमार पौड्याल, प्रिया रिजाल, सरु बिष्ट, रवी डंगोल, दिनेश काफ्ले, कालु राना लथगायत कलाकारको अभिनय रहनेछ । 
उज्वल घिमिरेले निर्देशन गरिरहेको चलचित्र पारिवारिक प्रेमकथामा आधारित छ । 

काफिया फिल्मस्को व्यानरमा काफिया शाही (क्रिसु) र कविर बिक्रम शाहीले निर्माण गरेको चलचित्र दार्जिलिङ र कालिङपोङ पछि सिक्किम, फिक्कल लगायतका स्थानमा छायाँकन हुनेछ । 

आलोक शुक्लाको, शम्भुजीत बासकोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत रहेको चलचित्रको उमेश थापा लाईन प्रोड्युसर हुन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप