शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नयाँ भर्सनमा ‘साइँली र माइली’ (भिडियो)

शनिबार, २७ असोज २०७५, १३ : ३८
शनिबार, २७ असोज २०७५

काठमाडौं– ‘साइँली र माइली पोइला गएछन्, गाउँघर नै सुन्ने पारे र...’ कुनै बेलाको यो लोकप्रिय गीत आज पनि उत्तिकै सान्दर्भिक छ ।

मुकुन्द किशोर भट्टराईको शब्द तथा संगीतको उक्त गीत त्यो बेला उदितनारायण झा तथा मधु क्षेत्रीले गाएका थिए । अहिले यो गीतको नयाँ संस्करण गायक राज के गोस्वामीको स्वरमा बनेको छ । जुन गीत भिडियो सहित आएको छ । 

गायक गोस्वामीले गीतकार तथा संगीतकार भट्टराईसंग अनुमति लिएर यो पुरानो लोकप्रिय गीतलाई पुन: गाएका हुन् । गायक गोस्वामीको स्वरको उक्त गीतको म्युजिक भिडियो बिहिबार सार्वजनिक भएको छ । किरण तुलाधरले यो गीतमा संगीत संयोजन गरेका छन् ।

शान थापाले म्युजिक भिडियोलाई निर्देशक गरेका हुन् । भिडियोमा अभिनेता सन्दिप क्षेत्री, अभिनेत्री एलिशा राई तथा मोडल करिष्मा ढकाल देखिएका छन् । 

हास्यरस समेत मिश्रण गरिएको भिडियोमा आफ्नी साइँली र माइली श्रीमतीले छाडेर गएपछि सडकमा आएका श्रीमान्को कथालाई रमाइलो शैलीमा चित्रण गरिएको छ ।

अभिनेता क्षत्रीले पोइला गएका दुई श्रीमतीको श्रीमान्को गम्भिर भूमिकालाई रोमाञ्चक ढंगले निर्वाह गरेका छन् । भिडियोमा राजीव समरले कोरियोग्राफी गरेका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप