शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

एकै परिवारका ४ जनाको रहस्यमय मृत्यु : सिआईबीको टोली बनेपामा

शनिबार, ०७ साउन २०७४, १३ : २३
शनिबार, ०७ साउन २०७४

काठमाडौं– काभ्रेको बनेपामा एकैपरिवारका ४ जनाको   मृत्यु प्रकरणको अनुसन्धान गर्न काठमाडाैंबाट सीआईबीको एक टोली घटनास्थल पुगेको छ ।  घटना रहस्यमय भएकाे भन्दै सीआईबीको टोलीसँगै चिकित्सकको टोलीसमेत बनेपा पुगेको बताइएको छ । 


शुक्रबार बनेपा बस पार्कमा होटल (गौतम भोजनालय) संचालन  गर्दै आएका ३२ वर्षिय राजाराम दाहालसहित  उनका ६५ वर्षिय बाबू हरिभक्त दाहाल आमा हरिमाया दाहाल र २५ वर्षिय बहिनी रञ्जना दाहाल मृत अवस्था फेला परेका थिए । 


 प्रहरीको नियमित गस्तिका क्रममा होटलको सटर बन्द रहेको तर सटरका तलको  भागबाट फुटेको सिसा निस्केको देखेपछि प्रहरीले सटरको लक खोलि हेर्दा  चार जान मृत भेटिएको इलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ । 


प्रहरिका अनुसार घटनास्थलमा सेलफस विषको भाडो भेट्टिएको छ । 


विगत २ वर्ष भन्दा पहिले देखि दाहाल परिवारले बस पार्कमा गौतम भोजनालय सञ्चालन गर्दै आएका थिए । दाहाल परिवार बनेपा–२ टुकुचा नाला निवासी हुन् । 
मृतक राजारामको २ श्रीमती रहेको र परिवारमा सम्पत्तिको विषयमा झगडा हुने गरेकाले सोहि विवाद बढ्दै जाँदा घटना घटेको हुन सक्ने बताइन्छ । यद्यपी घटनालाई रहस्यमय रुपमा लिइएको छ ।  यो समाचार तयार  पार्दासम्म मृतकको शब घटनास्थलमै रहेको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप