शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अभिनयमा अहिलेसम्म अवसर मिलेको छैन : मिसेस नेपाल इन्टरनेशनल चन्दा थापा

शनिबार, २७ असोज २०७५, ११ : २२
शनिबार, २७ असोज २०७५

चन्दा थापा ‘गिरी’ ‘मिसेस नेपाल इन्टरनेशनल २०१८’की विजेता हुन् ।  राजधानीमा हालै आयोजित यो प्रतियोगितामा उनले ३४ प्रतियोगीलाई पछि पार्दै उपाधि चुमेकी हुन् । रिवन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित  प्रतियोगीताको विजेता बनेसँगै उनले सिंगापुरमा आयोजना हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगीता ‘मिसेस इन्टरनेशनल २०१८’मा सहभागी हुने अवसर पनि प्राप्त गरेकी छन् । 
उनै मिसेस नेपाल इन्टरनेशनल चन्दासँग रातोपाटीको दश प्रश्नः

‘मिसेन इन्टरनेशनल नेपाल’को ताज हात विजेता चुम्दा कस्तो लाग्यो ?
– एकदमै खुसी छु । मिहिनेत गरेको फल पाएँ भन्ने लागेको छ । आफूमा पनि धेरै प्रतिभा रहेछ भन्ने कुरा थाहा पाए ।

के करणले उपाधि चुम्न सक्नुभयो ?
– आफ्नो मिहिनेत र लगनशिलताले उपाधि हात पर्यो भन्छु म ।

अबका दिनको योजना ?
– त्यस्तो योजना केही बनाएकी छैन । केही समयपछि सिंगापुरमा ‘मिसेस इन्टरनेशनल’ हुँदैछ । त्यसमा नेपालको प्रतिनिधित्व गर्ने तयारी गरिरहेकी छु । त्यो उपाधि नेपाल भित्र्याउने लक्ष्य छ ।

अन्तर्राष्ट्रिय प्रतियोगतिामा नेपालबाट के लानुहुन्छ ?
– देशलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन आफ्नो देशको कलासंस्कृति भन्दा अर्को माध्यम देखेकी छैन । सोही अनुसार अहिले तयारी पनि गरिरहेकी छु । कार्यक्रमको एक प्रकारको थिम छ । उक्त थिम अनुसार आफूलाई निखर्दै छु । कार्यक्रमको धेरै थिम मध्ये एक कल्चरल थिम पनि छ । उक्त थिममा नेपाली कलासंस्कृति प्रस्तुत गर्ने तयारी गर्दैछु ।

सौन्दर्यमा कति ध्यान दिनुहुन्छ ?
– महिला भएपछि सौन्दर्यमा ध्यान दिनुनै पर्छ । सौदर्यनै महिलाको पहिलो गहना हो । यो भन्दैमा म मेकअप धेरै गर्ने महिला भने होइन । हल्काफुल्का मेकअप मात्र गर्छु । 

फिटनेश ?
– फिटनेशका लागि नियमित जिम जाने गरेकी छु । आफूलाई फिट राख्न नियमित र ब्यालेन्समा खाने गरेकी छु ।

फेसनतिर रुचि छ कि छैन ?
– धेरै रुचि छ । फेसनमा मलाई सबैकुराको अनुभव लिन मन लाग्छ । सबै प्रकारको पहिरनमा म राम्रो देखिन्छु । धेरै राम्रो र सेक्सी देखिने भनेको सारी र ब्लाउजमा हो ।

अभिनयतिर रुचि ?
– अभिनयको रुचि सानैदेखि थियो । अहिले पनि छ । तर अवसर मिलेको छैन ।

मनपर्ने खाना ?
–दलभात तरकारी र थकाली खाना धेरै मनपर्छ ।

भविष्यका योजना ?
– मैले फेसन डिजाइनर सम्वन्धी कोर्स कलेजमा अध्ययन गरेकी हँु । त्यसैले भविष्यमा राम्रो फेसन डिजाइनरको रुपमा समेत चिनिन चाहन्छु । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप