शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

बिदामा पनि जिल्ला अदालतको सेवा जारी

शनिबार, २७ असोज २०७५, ०९ : ४९
शनिबार, २७ असोज २०७५

नवलपरासी - पूर्वी नवलपरासीमा रहेको नवलपुर जिल्ला अदालतले दशैँ बिदाको समयमा पनि सेवा प्रवाह जारी राख्ने जनाएको छ । 

जनतालाई बिदाको बेला बन्दीप्रत्यक्षीकरण मुद्दाको सुनुवाइका लागि एक न्यायाधीशसहित श्रेस्तेदार र आवश्यक अन्य कर्मचारीको व्यवस्था गरिएको अदालतले जनाएको छ । 

आगामी कात्तिक ७ गतेसम्म अदालत बन्द रहने भएकाले विजयादशमी र शनिबारबाहेक अन्य दिन दैनिक ११ बजेदेखि ३ बजेसम्म बन्दी प्रत्यक्षीकरण रिट निवेदन उपर सुनुवाइ गरिने भएको छ । 

यस्तै सो दशैँ बिदा अवधिमा मुलुकी फौजदारी संहिताले गरेको नयाँ व्यवस्थाअनुसार अभियुक्तलाई पक्राउ पुर्जी जारी गर्न अनुमति प्रदान गर्ने कार्यसमेत गरिने जनाइएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप