शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

विदेशी भन्दै लाग्ने गरेको आरोपबाट असमका नेपालीले पाए मुक्ति

शनिबार, २७ असोज २०७५, ०८ : २३
शनिबार, २७ असोज २०७५

 सिलिगुडी - लामो समयदेखि बसोबास गर्दै आए पनि असमका नेपालीभाषी (गोर्खा) ले सधैं ‘विदेशी’ को लाञ्छना व्यहोर्दै आएका छन् । बल्ल उनीहरूले यो आरोपबाट मुक्ति पाएका छन् ।


भारतको केन्द्रीय गृह मन्त्रालयले बुधबार असम राज्य सरकारलाई निर्देशनात्मक पत्राचार गरी उनीहरू विदेशी नभएको उल्लेख गरेको छ । ‘

असमका नेपालीहरू विदेशी होइनन्, भारतीय हुन्, उनीहरूलाई शंकास्पद नठान’ पत्रमा भनिएको छ ।
 गृह मन्त्रालयले अब उप्रान्त गोर्खालाई विदेशी नागरिकता न्यायाधीकरणबाट विदेशीको लाञ्छना लगाएर सूचना जारी गर्न नपाइने जनाएको छ । 

यसअघि नेपालीलाई असमको विदेशी नागरिकता न्यायाधीकरणले ‘डी भोटर’ अर्थात् शंकास्पद मतदाता करार गर्दै सूचना जारी गरेर बारम्बार दु:ख दिँदै आएको थियो । ‘हामी विदेशी नागरिकता न्यायाधीकरणलाई पटक–पटक स्पष्टीकरण दिन बाध्य थियाैं’, असमका पत्रकार रोहित गौतमले फोनमा भने, ‘यो राजनीतिक समस्याबाट गोर्खाहरूले बल्ल मुक्ति पाए ।’ कान्तिपुर दैनिकमा खबर छापिएकाे छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप