मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

राउटेले प्रधानमन्त्री भेट्न पाएनन्, उपराष्ट्रपतिले दिए ५० हजार

शनिबार, २७ असोज २०७५, ०८ : ०९
शनिबार, २७ असोज २०७५

 काठमाडौं - प्रधानमन्त्रीलाई भेटी दसैं खर्च माग्न पाँच दिनअघि राजधानी आएका राउटे भेट नपाएपछि शनिबार फर्कंदै छन् ।

सुर्खेतबाट आएका चार जना राउटेहरू गत वर्षजसरी भेट नपाउँदा निराश भएर फर्किने तयारीमा लागेका हुन् ।

राउटेहरू सँगै आएकी राउटे लोपोन्मुख सीमान्तकृत वर्ग उत्थान प्रतिष्ठानकी अध्यक्ष सत्यदेवी खड्काले प्रधानमन्त्री कार्यालयका सचिवले समेत भेट नदिएको बताइन् । २०६७ सालदेखि राउटेहरू दसैंमा राजधानी आएर प्रधानमन्त्री–मन्त्रीहरूलाई भेट्दै आएका छन् । 
गत वर्ष पनि राउटेले प्रधानमन्त्रीलाई भेट्न पाएका थिएनन् । खड्काका अनुसार भेट नपाए पनि गतवर्ष सरकारले राउटेलाई रु.५ लाख सहयोग गरेको थियो । ‘यसपालि उपराष्ट्रपति नन्दकिशोर पुनले व्यक्तिगत रूपमा ५० हजार रुपैयाँ दिनुभयो,’ उनले भनिन्, ‘राउटेको बाँच्न पाउने अधिकार सुनिश्चित गर्न राज्यले पहल गर्नुपर्‍यो । राउटे बस्तीमा राज्यले स्वास्थ्यचौकी शिविर, शिक्षा चलाउनुपर्‍यो ।’ कान्तिपुरमा खबर छापिएकाे छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप