पहिरोमा परी कम्तीमा ३४ जनाको मृत्यु
काम्पाला– युगाण्डाको पूर्वी क्षेत्रमा आएको एउटा पहिरोमा परी कम्तीमा ३४ जनाको मृत्यु भएको छ ।
ढुङ्गासहितको पहिरोले घरहरु बगाउँदा उनीहरुको मृत्यु भएको प्रकोप व्यवस्थापन अधिकारीहरुले शुक्रबार जनाएका छन् ।
बुडुडा जिल्लाको बुकालासीमा भएको घटनामा परेकाहरुलाई उद्धारका लागि स्थानीय उद्धारकर्ताहरु खटिएका थिए ।
उद्धारकर्मीहरुले पहिरोमा परेर अरू कति जना हराइरहेका छन् भन्ने बारेमा यकिन नभएको बताएका छन् ।
“अहिलेसम्म कम्तीमा ३४ जनाको मृत्यु भएको पुष्टी भएको छ, अरू कति बेपत्ता भएका छन् भन्ने बारेमा चाँडै नै यकिन गर्न हामी प्रयास गरिरहेका छौं,” युगाण्डा रेडक्रसका प्रवक्ता इरेन नाकासिताले भने ।
बेपत्ता भएकाको खोजी तथा उद्धार कार्यका लागि आवश्यक सम्पू्र्ण प्रयास भइरहेको उहाँले जानकारी दिए ।
अत्यधिक वर्षापछि आएको बाढीले नदीको बहाब पनि बढाएर पहिरो खसेको उद्धारकर्ताहरुले जानकारी दिएका छन् ।
पहिरोसँगै ठूलाठूला र धेरै ढुङ्गासमेत रहेकाले धेरै असर परेको र उद्धार कार्यमा कठिनाइ भइरहेको उनीहरुको भनाई छ । –एएफपी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भेडा गोठालो गएका किशोरको चट्याङ लागेर मृत्यु, दुई जना घाइते
-
वर्षाका कारण कैलाली–कञ्चनपुरका धेरै स्थान डुबानमा
-
लोकतन्त्रका ऋषि : गिरिजाबाबु
-
भोजपुरमा जडीबुटीखेतीको लहर: अन्नबाली छाडेर चिराइतो र सतुवातर्फ आकर्षित हुँदै किसान
-
पूर्व–पश्चिम राजमार्गमा ‘हिट एन्ड रन’ : युवकको मृत्यु
-
बालकुमारीमा धार्मिक तथा सांस्कृतिक विषयवस्तुलाई समेटिएको भित्तेचित्र, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण