बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

नागरिक लगानी कोषलाई विश्वसनीय बनाइने

शुक्रबार, २६ असोज २०७५, २३ : ०३
शुक्रबार, २६ असोज २०७५

काठमाडौँ– नागरिक लगानी कोषका नवनियुक्त अध्यक्ष डा रामचन्द्र भट्टराईले आज पदबहाली गर्दै कोषलाई थप व्यावसायिक र विश्वसनीय संस्थाका रुपमा अगाडि बढाउने प्रतिबद्धता जनाएका छन् । 

कोष सञ्चालक समितिका सदस्य डा.रामशरण खरेलले डा भट्टराईलाई आज पद तथा गोपनीयताको शपथ गराएपछि उनले पदबहाली गरेका हुन् । 

डा.भट्टराईलाई यही असोज २१ गते बसेको मन्त्रिपरिषद्को बैठकले कोष अध्यक्षमा नियुक्त गरेको थियो । ‘वातावरणीय अर्थतन्त्रमा’ मा विद्यावारिधि गर्नुभएको भट्टराई हाल त्रिभुवन विश्वविद्यालयअन्तर्गत पाटन बहुमुखी क्याम्पसमा अर्थशास्त्रको अध्यापन गराउँदै आएका छन् । 

खोटाङ लामीडाँडामा जन्मनुभएका भट्टराईसँग राष्ट्रिय वाणिज्य बैंकको सञ्चालक, राष्ट्रिय योजना आयोगमा सल्लाहकार र अर्थ मन्त्रालयमा वरिष्ठ आर्थिक सल्लाहकारका रुपमा लामो समय काम गरिसकेको अनुभव छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप