बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

सरकारले प्रतिपक्षको पनि कुरा सुन्नुपर्यो : वरिष्ठ नेता पौडेल

शुक्रबार, २६ असोज २०७५, २० : ०४
शुक्रबार, २६ असोज २०७५

नवलपरासी– नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले जनभावनाअनुसार काम गर्नुपर्ने विचार व्यक्त गरेका छन् । 

नेपाल प्रेस युनियन नवलपुर शाखाले आज पूर्वी नवलपरासीको कावासोतीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता पौडेलले प्रतिपक्षको सकारात्मक सुझावलाई समेत आत्मसात् गरेर सरकार अघि बढ्नुपर्नेमा जोड दिए । 

वरिष्ठ नेता पौडेलले देश अस्थिरतामा प्रवेश गरेको बताउँदै सरकारले जनताको पक्षको काम गर्न नसकेको आरोप लगाए। अहिले पनि नेपालका केही दुर्गम क्षेत्रका बासिन्दा बाटो घाटोको असुुविधाका कारण आधारभूत आवश्यकताबाट वञ्चित भएकाले त्यसतर्फ सरकारको ध्यान केन्द्रीय हुनुपर्ने नेता पौडेलको भनाइ थियो । 

सरकारले स्थानीय तहलाई थप व्यवस्थापन गर्न आवश्यक रहेको जिकिर गर्दै नेता पौडेलले स्थानीय निकायले उठाउने करलाई व्यवस्थित गर्नुपर्ने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप