शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

नदीमा डुङ्गा डुब्दा ४० भन्दा बढीको मृत्यु

शुक्रबार, २६ असोज २०७५, १९ : २४
शुक्रबार, २६ असोज २०७५

किङ्शास– लोकतान्त्रीक गणतन्त्र कङ्गो (डीआरसी) को उत्तरपश्चिमी क्षेत्रमा भएको डुङ्गा दुर्घटनामा परी ४० भन्दा बढीको मृत्यु भएको छ ।  उबाङ्गी नदीमा डुङ्गा डुबेर दुर्घटना भएको स्थानीय अधिकारीहरुले जानकारी दिएको समाचारमा जनाइएको छ । 

उनीहरुले बिहीबार राति अबेर दिएको जानकारीअनुसार मृत्यु भएकामध्ये १८ जना मध्ये अफ्रिकाका रहेका छन् ।  उत्तर उबाङ्गी प्रान्तका एक जना उच्च अधिकारीले डुङ्गा डुब्दा अरू पनि धेरै जना बेपत्ता भएको हुनसक्ने र मृत्यु हुनेको सङ्ख्या बढ्न सक्ने अनुमान गरेका छन् । 

डुङ्गामा कति यात्रु थिए भन्ने यकिन नभएकाले नदीमा अरू पनि बेपत्ता भएको हुनसक्ने अनुमान गरिएको हो । कङ्गोका नदी तथा तलाउहरुमा डुङ्गा दुर्घटना हुने घटना नौलो होइनन । खराब अवस्थाका डुङ्गा र अत्यधिक भारका कारण बढी दुर्घटना हुने गरेको विज्ञहरुको भनाई छ । 

अधिकारीहरुले रातिमा हुने यात्राका कारण पनि डुङ्गा डुब्ने गरेको बताएका छन् । तर मुख्य कारण चाहि खराव अवस्थाका डुङ्गा र अत्यधिक भार नै हो ।  यसअघि गत सेप्टेम्बरमा पनि मोङ्गाल प्रान्तको मोङ्गाल नदीमा भएको दुर्घटनामा परी २७ जनाको मृत्यु भएको थियो । –सिन्ह्वा

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप