शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

निरबहादुर र मेलिनाको ‘तिमी हुन्छ मात्र भन...’

शुक्रबार, २६ असोज २०७५, १८ : ३१
शुक्रबार, २६ असोज २०७५

काठमाडौं– निरबहादुर बम्जन र मेलिना राइको स्वर रहेको गीत ‘तिमी हुन्छ मात्र भन...’ को म्युजिक भिडियोको सार्वजनिक गरिएको छ । राजधानीमा शुक्रबार आयोजित एक कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री बद्रीप्रसाद न्यौपानेले सार्वजनिक गरे ।

कार्यक्रममा पूर्वमन्त्री न्यौपानेले गीत संगीतबाट नै देशको कला र संस्कृतिको जर्गेना गर्न सकिने बताए । उनले भने– ‘गीत संगीतकै कारण धेरैको रोजगारीमा सहयोग मिलेको छ । यो क्षेत्रलाई सरकारलाई पनि विशेष ध्यान दिनुपर्छ ।’

शिशिर श्रेष्ठको शब्द, विशाल निरौलाको संगीत रहेको भिडियोमा शिशिर श्रेष्ठ, नम्रता सापकोटा, राहुल बराइली र बी गोर्खाली ब्वाइजको अभिनय रहेको छ । भिडियोलाई निश्चल केसीले निर्देशन गरेका हुन् । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप