शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

रेणु दाहालको आक्रोशः सिटी हलको विषयमा जनता किन उचालियो ?

शुक्रबार, २६ असोज २०७५, १८ : २१
शुक्रबार, २६ असोज २०७५

भरतपुर– भरतपुर महानगरपालिका प्रमुख रेणु दाहालले अन्तर्राष्ट्रिय स्तरको सिटी हलका नाममा महानगरका जनतालाई उचाल्ने काम भइरहेको बताएकी छिन् । उद्योग वाणिज्य संघ–चितवनले आज आयोजना गरेको दसैँ शुभकामना आदानप्रदान कार्यक्रममा प्रमुख अतिथिसमेत रहनुभएकी दाहालले सिटी हलको विषयमा जनता उचाल्ने काम भइरहेको हुनाले त्यस्तो कार्य बन्द गर्न सम्बन्धित पक्षलाई आग्रह गरिन् । 

‘सिटी हलको विषयमा कहिले जगतपुरका जनतालाई उचालिएको छ, कहिले पटिहानीका जनतालाई उचालिएको छ, कहिले कहाँको जनतालाई उचालिएको छ, यो के हो ? किन उचालिएको छ ?’ उनले प्रश्न गर्दै भनिन्– ‘सिटी हल जहाँ बनाउन खोज्दा पनि विरोध भइरहेको छ, महानगरवासी भन्नूस अब म के गर्न सक्छु ? जे भन्नुहुन्छ त्यही गर्छु ?’ 

क्यान्सर अस्पतालभन्दा पर जान सकिँदैन

कार्यक्रममा महानगर प्रमुख दाहालले सिटी हल क्यान्सर अस्पतालभन्दा परको दूरीमा बनाउन नसकिने बताएकी छन् ।

उनले भनिन्, ‘मेरो इच्छा त म जन्मेको ठाउँ शिवनगरमा बनाउन मन थियो, महानगरको मध्ये भागमा पनि पर्ने थियो, तर त्यहाँ हुन सक्दैन । क्यान्सर अस्पतालभन्दा पर गएर सिटी हल बनाउन सकिदैन ।’ दाहालका अनुसार सिटी हल सिटीकै पेरिफेरिमा हुनुपर्छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप