शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

अनुपले गरे ‘न्यू आउट लेट’ उद्घाटन

शुक्रबार, २६ असोज २०७५, १८ : १४
शुक्रबार, २६ असोज २०७५

काठमाडौं – पछिल्लो समय सेलिब्रेटी बिभिन्न ब्राण्डकसँग जोडीन थालेका छन् । यस्तैमा अभिनेता अभिनेता अनुपबिक्रम शाहीले पनि   क्लोथ्स ब्राण्ड ‘क्याप्सूल नाइन’सँग जोडिएका छन् ।  राजधानीको मुख्य बिजनेस केन्द्र मानिने सिभिल मलमा आफ्नो शाखा विस्तार गरेको यो ब्राण्डको ‘न्यू आउट लेट’ अभिनेता अनुपबिक्रम शाहीले रिवन काटेर उद्घाटन गरे ।

सिभिल मलको तेश्रो तल्लामा खुलेको उक्त आउट लेटमा क्याप्सूल नाइन ब्राण्डसँग सम्बन्धित सबैजसो लुगाहरु उपलब्ध हुनेछन् । उद्घाटनपछि अनुपले भारत र चीनबाट समेत प्रोडक्ट हुने प्रसिद्ध नेपाली ब्राण्डसँग आफु जोडिन पाउनु खुशीको कुरा रहेको बताए ।

अन्तर्राष्ट्रिय स्तरसम्म मार्केट बढाउँदै लगेका नेपाली प्रोडक्टहरुमा कलाकारहरुलाई स्थान दिँदै जानु (सद्भावना दूत) नियुक्त गर्नु समग्र चलचित्र उधोगको लागी सुःखद कुरा भन्दै अनुपले स्वदेशी ब्राण्डमा स्वदेशी कलाकारहरु नै जोडिन पाउनु गर्वको कुरा समेत बोले ।

‘क्याप्सूल नाइन’ले आफ्नो ७५ औँ आउटलेटको रुपमा सिभिल मलमा बजार बिस्तार गरेको हो । ब्राण्डका प्रबन्ध निर्देशक विनोद ढकालले राजधानीकै प्राइम लोकेशन मानिने सिभिल मलमा शाखा विस्तार गर्न पाउनु आफुहरुको उपलब्धी बनेको दाबी गरे ।

निर्देशक ढकालले नेपालसँगै अब छिट्टै नै भारतका विभिन्न शहरहरुमा ‘क्याप्सूल नाइन’ले आफ्नो बजार बिस्तार गर्न लागेको जानकारी गराउँदै अन्य एसियन देशहरुमा समेत तयारी भइरहेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप