बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

म्याक्स हेल्थकेयरको विरामी सहायता केन्द्र अब काठमाडौंमा पनि

शुक्रबार, २६ असोज २०७५, १८ : ००
शुक्रबार, २६ असोज २०७५

काठमाडौं । उत्तर भारतको एक अग्रणी स्वास्थ्योपचार सेवा प्रदायक संस्था म्याक्स हेल्थकेयरले काठमाडौंमा अत्याधुनिक सुविधासम्पन्न विरामी सहायता केन्द्रको शुभारम्भ गरेको छ । यसबाट केन्या, म्यानमार, इराक, इथियोपिया, नाइजेरिया र उजवेकिस्तान पछि नेपाल पनि म्याक्स हेल्थकेयर विरामी सहायता केन्द्रको अन्तर्राष्ट्रिय क्षेत्रको एक स्थल बनेको छ ।

नेपालका विरामीहरुका लागि सबैभन्दा ठूलो फाइदा भनेकै उनीहरुलाई भारतमा जचाँउन जान भिसाको प्रावधान नरहनु हो । स्वास्थ्योपचार क्षेत्रमा निजि हस्पिटलहरु र डायग्नोस्टिक केन्द्रहरुको संख्यात्मक वृद्धि नभएको पनि होइन तर यी स्वास्थ्योपचार केन्द्रहरु खास गरेर प्रमुख शहरहरु केन्द्रित छन् भने थोरै संख्यामा मात्र ग्रामीण भेगको पहुँचमा रहेकोे पाइन्छ ।

म्याक्स हेल्थकेयरले नेपालबाट मात्रै वर्षेनी सयौं विरामीहरुलाई स्वास्थ्य सेवा प्रदान गर्ने गरेको जनाएको छ  । म्याक्स हेल्थकेयरले विश्वभरका विरामीहरुलाई विश्वस्तरीय स्वास्थ्य उपचार सेवा गर्न गरेको प्रतिबद्धताकै एक बिम्ब भएको बताएको छ ।

हामीले  प्रत्येक महिना ४० जना विरामीहरुलाई नजिकबाट हेरिरहेका छौं, यी विरामीहरुमा कम उमेरकादेखि लिएर  पाका उमेरसमुहसम्मका रहेका छन्, जो ह्रृदय रोगहरुसँग सम्बन्धित हुने गरेका छन् । हामी हरेक महिना प्रायः ७०–८०जना विरामीहरुले सेवा लिने अपेक्षा गरिरहेका छौं र हामीलाई विश्वास छ कि सबै नागरिक हाम्रो यो कदमबाट लाभान्वीत हुनेछन् ।

हाम्रो लक्ष्य भनेको स्थानीय स्वास्थ्योपचार सेवा प्रदायकहरु बिएनबि हस्पिटल, स्टार हस्पिटल, मेडिसिटी, आदिसँग नजिकमा रहेर काम गर्ने अनि क्लिनिसियनहरु र नर्सिङ स्टाफहरुको एक कार्यदल खडा गर्ने रहेको छ ।

एकीकृत कार्यक्रम अन्तर्गत डक्टर र स्टाफ प्रशिक्षण कार्यक्रमहरु, म्याक्स हेल्थकेयरका विज्ञहरुबाट स्थलगत परामर्शहरु र प्रक्रियाहरु एवं हस्पिटल व्यवस्थापनमा प्रभावकारिता अभिवृद्धि गर्ने रहेका छन् । सिटिभिएस दिल्ली एण्ड एनसिआर, कार्डियाक साइन्स–कार्डियोथोरासिक एण्ड भास्कुलर सर्जरी, म्याक्स सुपर स्पेसियालिटी हस्पिटल साकेतका सिनियर डाइरेक्टर डाक्टर रजनीस मल्होत्राले भने । 

म्याक्स हेल्थकेयरका सेल्स एण्ड मार्केटिङका सिनियर डाइरेक्टर अनास अब्दुल वाजिदले भने, ‘म यो अवसरमा हाम्रा सहकर्मीहरु, जसको साथ सहयोग बिना नेपालमा यो हेल्थकेयर कार्यक्रम संचालन गर्न सम्भव थिएन, वहाँहरुले पु¥याउनु भएको अमुल्य सहयोगको लागि हार्दिक कृतज्ञता ज्ञापन गर्न चाहन्छु । हामी विश्वस्त छौं कि हामीहरुको संयुक्त कार्यले सबैका लागि उत्कृष्ट स्वास्थ्योपचार सेवा उपलब्ध गराउन एक नयाँ अध्यायको थालनी हुनेछ । 

म्याक्स हेल्थकेयरले उत्तर भारतको १२ स्थानहरुमा ३० वटाभन्दा बढी मेडिकल तहहरु संचालन गर्दछ । यसमध्ये दिल्ली र एनसिआरमा ९ वटा छन् भनें बाँकी अन्य मोहाली, बथिण्डा र देहरादुनमा रहेका छन् ।

म्याक्स सन्जाल अन्तर्गत अत्याधुनिक प्रविधिका तृतीय श्रेणीका उपचार हस्पिटलहरु साकेत, पत्परगञ्ज, शालिमार बाग, मोहाली, बथिण्डा र देहरादुनमा, द्वितीय श्रेणीका उपचार हस्पिटलहरु गुरगाँव,पिताम्पुरा, नोयडा र ग्रेटर नोयडामा र बाहिरी विरामी जाँच सुविधा तथा विशिष्ट केन्द्र पञ्चशील पार्कमा रहेका छन् ।

मोहाली र बथिण्डामा पञ्जाब सरकारसँग मिलेर पिपिपि व्यवस्थापन अन्तर्गत सुपर विशिष्ट हस्पिटलहरु संचालित छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप