शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

हरि र ज्योतिको ‘तिम्रो फोटो’

शुक्रबार, २६ असोज २०७५, १७ : ५२
शुक्रबार, २६ असोज २०७५

काठमाडौं – पश्चिम नेपालको लोकप्रिय टिपिकल झ्याउरे गीत ‘तिम्रो फोटो’ बजारमा ल्याईएको छ । हरि बिष्ट र ज्योती मगरकै स्वर रहेको गीतको भिडियो पनि सार्वजनिक गरिएको छ । गीतमा शब्द र संगीत गायक बिष्टकै हो । डान्स प्याटनको झ्याउरे गीतको भिडियोमा चर्चित रियालीटी शो छमछमी भर्सेस वुगिवुगीलाई उतारिएको छ ।

भिडियोमा मनिता राई, शेखर घर्ती र एपी वानवाट प्रशारण भएको बुगिवुगीका टप फाईभ श्रृष्टि महर्जन र रविन भुजेलको नृत्य छ । अजय रेग्मीले खिचेको भिडियोलाई टेकेन्द्र शाहले सम्पादन गरेका हुन् । कुलमान नेपालीले, नरेशवीर सिंहले कोरियोग्राफी रहेको भिडियोमा स्वय गायक बिष्टकै निर्देशन रहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप