दुई पार्टी बीचको एकतालाई तोड्न प्रतिक्रियावादीहरु लागिरहेका छन् : प्रचण्ड
काठमाडौं– सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले देश र जनताका लागि गर्व गर्न लायक काम गरिरहेको दाबी गरेका छन् । सरकारको कामलाई लिएर पार्टी भित्रैबाट पनि आलोचना भइरहेका बेला अध्यक्ष दाहालले देश र जनताका लागि ऐतिहासिक तथा गर्व गर्न लायक काम गरेको भन्दै सरकारको बचाऊ गरेका हुन् ।
शुक्रबार दसैं, तिहारलगायतका चाडपर्वको अवसर पारेर ललितपुरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले सरकारले चीनसँग ऐतिहासिक पारवहनसम्बन्धि सहमति गरेको, भारत र चीन दुवै मुलुकबाट रेल ल्याउने तयारी गरेको, डुबान समस्या समाधानका लागि आवश्यक कदम चालेको लगायतका काम गरेको उल्लेख गर्दैै त्यसले मुलुकको आर्थिक विकासलाई नयाँ युगमा प्रवेश गराउने विश्वास पनि व्यक्त गरे ।
अध्यक्ष दाहालले सरकारलाई असफल बनाउन र दुई पार्टी बीचको एकतालाई तोड्न देशीविदेशी प्रतिक्रियावादीहरुले कसरत गरिरहेको पनि दोहोर्याए । बलियो सरकारको राम्रो कामलाई प्रचार गर्न नदिएर प्रतिक्रियावादीहरुले सरकारलाई असफल बनाउन कोसिस गरिरहेको अध्यक्ष दाहालको बुझाई छ ।
अध्यक्ष दाहालले मुलुकलाई समृद्ध बनाउने अवसरलाई आफूहरुले सदुपयोग गरेर अघि बढने प्रतिबद्धता पनि व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जसपा महाधिवेशन प्रतिनिधि चयन गर्ने निर्देशिकाको मस्यौदा तयार
-
प्युठानमा सुत्केरीको हत्या आरोपमा ५ जना पक्राउ, २ जना फरार
-
फ्राईडे रिलिज : फिल्म हलमा केकी अधिकारीको ‘बोक्सीको घर’
-
कतारमा ६२५ नेपाली कामदार अलपत्र
-
‘वेस्ट इन्डिजविरुद्धको शृङ्खला टी-२० विश्वकपको तयारीका लागि उपयुक्त अवसर’
-
पक्राउ परेका कार्यकर्ता छुटाउन प्रहरीमा धाउँदै रवीन्द्र मिश्रसहितका नेता !