युएमको नयाँ शोरुम काठमाडौंको सामाखुशीमा
यूएम बाइकको आधिकारीक बिक्रेता आइएमई अटोमोटिभ्स् प्रा.लि. ले नेपाली बजारमा ल्याएको यूएम मोटरसाइकलको ‘ए.पी. अटो ईन्टरप्राईजेज’ लाई आधिकारिक मान्यता प्रदान गरेको छ ।
यूएम मोटरसाइकलले काठमाडौंको सामाखुशीमा आफ्नो शाखा विस्तार गर्दै पूर्ण सुविधासहितको नयाँ शोरुम ए.पी. अटो ईन्टरप्राईजेज संचालनमा ल्याएको हो ।
उक्त कार्यक्रममा यस आइएमई अटोमोटिभ्स्का प्रमुख सञ्चालन अधिकृत दामोदर खनालले नयाँ शोरुम को उद्घाटन गरे ।
यसैबीच यूएम बाइकका डिभिजन हेड उज्जवल जोशीले विभिन्न मोटरसाइकलहरुका प्राविधिक विवरण प्रस्तुत गर्दै नयाँ शोरुम सञ्चालनसँगै ग्राहकहरुको बढ्दो माग पूरा गर्न सहज हुने बताए ।
‘ए.पी. अटो ईन्टरप्राईजेज’ का अध्यक्ष चन्द्रप्रकाश राजभण्डारीले दसैं र तिहारको अवसर पारेर यूएम बाइक खरिदमा थाइल्यान्ड टुर प्याकेजको पनि अफर ल्याएको अभिव्यक्ति दिए ।
शोरुम उद्घाटनको अवसरमा नयाँ बाइक खरिद गर्ने साजन मान श्रेष्ठलाई चाबी हस्तान्तरण पनि गरियो । यूएम अमेरिकी ब्रान्डका रेनेगेड स्पोर्टस एस, रेनेगेड कमान्डो, हाइपर स्पोर्टस, डीएसआर टु र रेनेगेड स्पोर्टस बाइक तथा नाइट्रोक्स र पावरम्याक्स स्कुटर उपलव्ध छन् ।
यूएम बाइक विशेष गरी युवाहरुका बिच लोकप्रिय मानिन्छ र आगामी दिनहरुमा अरु मोडलहरुमा पनि विशेष योजना बनाउने कुरामा कम्पनीको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुग्ध विकास संस्थानद्वारा किसानलाई ४८ करोड भुक्तानी
-
नेपाली सेनाले माग्यो विभिन्न पदमा दरखास्त
-
कृषि मन्त्रालयका सहसचिव बर्खास्तीमा
-
डढेलोमा परेर चरिचरनमा राखिएका मौरीका घार नष्ट, बीमा नहुँदा किसान मर्कामा
-
प्रसारणको लाइनको तार परिवर्तन गर्दै विद्युत् प्राधिकरण, काठमाडौँका यी स्थानमा आपूर्ति बन्द हुने
-
डढेलो नियन्त्रणमा सरकार संवेदनशील देखिएन: नेता कोइराला