शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

मुलुकलाई मजबुत बनाउन सबैले योगदान गरौं : पूर्वराष्ट्रपति यादव

शुक्रबार, २६ असोज २०७५, १७ : ३४
शुक्रबार, २६ असोज २०७५

काठमाडौं– पूर्वराष्ट्रपति डा. रामवरण यादवले मुलुकलाई मजबुत बनाउन सबैले योगदान दिनुपर्नेमा जोड दिनु भएको छ ।  पूर्वराष्ट्रपति यादवले हिमाल, पहाड र तराई जुनसुकै भूगोलमा बस्ने नेपालीहरुलाई मुलुकलाई मजदुत बनाउन सकेको योगदान दिन आग्रह गरेका हुन् ।

शुक्रबार ‘नेपाल भाषा र साहित्यको इतिहासः त्यहाँदेखि यहाँसम्म’ नामक पुस्तकको काठमाडौंमा एक कार्यक्रमका बीच उद्घाटन गर्दै उनले मुलुकको राष्ट्रिय एकतालाई बलियो बनाउन र सामाजिक सदभाव कायम गरेर अघि बढनुको विकल्प नरहेको पनि स्पष्ट पारे ।

पूर्वराष्ट्रपति यादवले राष्ट्रकवि माधव प्रसाद घिमिरेले नेपालको साहित्य सृजनामा पुर्याउनु भएको योगदानको पनि स्मरण गरे । कार्यक्रममा राष्ट्रकवि घिमिरेलाई सम्मान पनि गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप