शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

दक्षिण कोरियाली पूर्वराष्ट्रपतिद्वारा अदालतमा अपिल

शुक्रबार, २६ असोज २०७५, १६ : ३३
शुक्रबार, २६ असोज २०७५

सोल– दक्षिण कोरियाका पूर्वराष्ट्रपति ली म्योङ–बाकले आफूलाई सुनाइएको जेल सजायको कारवाहीविरुद्ध यहाँको अदालतसमक्ष अपिल गरेका छन् । 

उनलाई भ्रष्टाचारको आरोपमा गत हप्त मात्र यहाँको एक अदालतले १५ वर्षको जेल सजाय सुनाएको थियो । अदालतको त्यस फैसलाविरुद्ध पूर्वराष्ट्रपति बाकले शुक्रबार अपिल गर्नुभएको उनका अधिवक्ताले जानकारी दिएका छन् । 

उनलाई एउटा घुसकाण्डमा दोषी ठहर गरी अदालतले १५ वर्षको जेल सजाय सुनाएको हो । उनी देशको उच्चपदस्थहरुमध्ये जेल पर्ने पछिल्लो व्यक्तित्वका रुपमा रहनुभएको प्राप्त समाचारहरुमा जनाइएको छ । 

अनुसन्धानका क्रममा पूर्वराष्ट्रपति बाकलाई एउटा अटोपार्ट कम्पनीमा लगानी रहेको पाइएको थियो । तर उनले सो कम्पनी आफ्नो नभएर भाइको रहेको दाबी गर्दै आएका थिए । 
सोही कम्पनीसँग सम्बन्धित कार्यमा उनले करीब २४ अर्ब वन (कोरियाली पैसा) अपचलन गरेको ठहर उक्त अदालतले गरेको थियो । 

उनले आफूमाथि अन्याय भएको भन्दै सो कारवाहीविरुद्ध अदालतसमक्ष अपिल गर्नुभएको उनका अधिवक्ताले जानकारी दिएका समाचारमा उल्लेख गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप