शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

हात्तीद्वारा धानबालीमा क्षति

शुक्रबार, २६ असोज २०७५, १६ : १५
शुक्रबार, २६ असोज २०७५

भीमदत्तनगर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका तीन वडामा बिहीबार राति जङ्गली हात्तीको बथानले धानबालीमा ठूलो क्षति पुयाएको छ । 

राति गाउँ प्रवेश गरेका दर्जनौ हात्तीको बथानले शुक्लाफाँटा नगरपालिका–१, २ र १२ नं वडाका धानबालीमा क्षति पुर्याएको सम्बद्ध किसानले बताएका छन् । त्यसैगरी हात्तीको बथानले शुक्लाफाँटा नगरपालिका–१ बन्साहमा बाढी पीडितका चार टहरा भत्काउनाका साथै यहाँ रहेको सिद्धवैजनाथ माविको पर्खालसमेत भत्काएको छ । 

हात्तीले क्षति पुर्याएपछि आज बिहान सुदूरपश्चिम क्षेत्रका प्रदेशसभा सदस्य लालबहादुर खड्का र शुक्लाफाँटा नगरपालिकाका प्रमुख दिलबहादुर ऐरसहितको टोलीले स्थलगत अनुगमन गरेको छ । 

यहाँस्थित झलारी इलाका प्रहरी कार्यालयका निमित्त प्रमुख तथा प्रहरी नायब निरीक्षक मनोहर चन्दले हात्तीले धानबालीमा पु¥याएको क्षतिको विवरण सङ्कलन भइरहेको बताए । स्थानीयवासीले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट हात्तीको बथान गाउँ प्रवेश गरेको खबर गरेपछि प्रहरीको टोली राति २ बजेसम्म हात्ती धपाउन खटिएको उनले जानकारी दिए । 

हात्ती धपाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीवासी रातभर खटिएका थिए । यसअघि पनि शुक्लाफाँटा नगरपालिकाका विभिन्न वडामा जङ्गली हात्तीको बथानले स्थानीयवासीको धानबाली र घरमा क्षति पुर्याएको उक्त नगरपालिकाले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप