गृहमन्त्रीको प्रश्न : काठमाडौंमै गाँजा खेती हुन्छ रे, तिनलाई कसले छुट दियो ?
काठमाडौं– गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले काठमाडौंको काँठ क्षेत्रमा गाँजा खेती हुने गरेको सुचना आफुले पाएको बताएका छन् ।
शुक्रबार उपत्यकामा लागूऔषध र मदिरा नियन्त्रणका लागि गृह–मन्त्रालयले आयोजा गरेको कार्यक्रमा बोल्दै मन्त्री थापाले भने, ‘उपत्यकाकै पहाडी क्षेत्रमा गाँजाखेती भइरहेको छ, त्यहाँ जनप्रतिनिधी र प्रहरी पनि छन् राजधानीमै गाँजाखेती गर्ने छुट कसले दियो ?’
लागूऔषध तस्करहरुको मूल सुकाउनुपर्ने उल्लेख गर्दै मन्त्री थापाले भने– ‘तस्करी समाप्त गर्नुपर्छ, त्यसपछि न रह्यो बाँस न बज्यो बाँसुरी, हाम्रो अभियान सफल हुन्छ ।’
लागूऔषध पूर्णरुपमा निषेध र निर्मुल पार्नुपर्ने तर्क गर्दै मन्त्री थापाले नेपालमा हुने ७० प्रतिशत महिला हिंसा मदिराको कारण हुने बताएका छन् । ‘मदिरा महिला हिंसाको मुख्य कारण हो’ उनले भने, ‘त्यसैले हामीले मदिरा बेचबिखनमा नियमन गर्न जरुरी छ ।’
नेपाल विखण्डन गर्न चाहने तत्वहरु अझै सक्रिय रहेको स्मरण गर्दै मन्त्री थापाले त्यस्ता तत्वहरुलाई निस्तेज गर्न जरुरी रहेको बताए ।
गृहमन्त्रालयले पछिल्लो समय बलात्कार लगायतका घट्ना बढेको भन्दै मदिरा र लागूऔषध नियन्त्रणको महा–अभियान शुरु गरेको छ । उक्त अभियान देशव्यापी सञ्चालन भइरहेको मन्त्रालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आर्थिक स्थायित्वमार्फत अर्थतन्त्रको दिगो विकासका लागि प्रतिबद्ध छौँ : गभर्नर अधिकारी
-
विश्वभर २८ करोड २० लाख मानिस भोकमरीको चपेटामा
-
नेपाल सम्बन्धी अमेरिकी प्रतिवेदन: तिब्बती शरणार्थीको अधिकारदेखि न्यायालयमा घुससम्म प्रश्न
-
फेरि ह्वात्तै बढ्यो सुनको मूल्य
-
आईपीएलमा आज : बलियो कोलकातालाई उसैको घरमा पञ्जाबको चुनौती
-
जेठमा ‘नेपाल फेसन फेस्टिभल’ आयोजना हुने