केन्द्रीय संस्करण

निर्मला पन्तको हत्यारालाई पक्राउ गर्न नसकेको भन्दै आक्रोस

person access_timeअसोज २६, २०७५ chat_bubble_outline0

काठमाडौं– मानव अधिकारकर्मीहरुले बालिका निर्मला पन्तको हत्यारालाई पक्राउ गरी कार्वाही गर्न सरकार असफल भएको भन्दै आक्रोश व्यक्त गरेका छन् ।  शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारको मूलगेट अगाडि धर्ना दिन पुगेका उनीहरुले निर्मला पन्तको हत्यारालाई अझै पक्राउ गरी कार्वाही गर्न नसकेको भन्दै सरकार र नेपाल प्रहरीप्रति आक्रोश व्यक्त गरेका हुन् ।

बलात्कारपछि हत्या गरिएकी बालिका पन्तको हत्यारालाई पक्राउ गरी कार्वाही गर्न सरकार असफल भएपछि त्यसको विरोधमा प्रधानमन्त्री निवास बालुवाटारमा धर्ना दिनुपरेको मानवअधिकारकर्मी कपिलदेव श्रेष्ठले जानकारी दिए । उनले दैनिक रुपमा बढदै गएको हत्या, हिंसा, बलात्कार लगायतका घटना नियन्त्रण गर्न नसक्ने सरकारले शान्ति सुरक्षाको उचित प्रबन्ध गर्न नसक्ने भन्दै आक्रोश पनि व्यक्त गरे ।

गत साउन १० गते बलात्कारपछि हत्या गरिएकी बालिका पन्तको हत्यारालाई अझै पक्राउ नसकेकोमा सरकारको चौतर्फी आलोचना भइरहेको छ । मानवअधिकारवादी संघ, संगठनहरुले निर्मला पन्तको हत्यारालाई पत्ता लगाउन बम दिदीबहिनीलाई अनुसन्धानको दायरामा ल्याउन पनि सरकारलाई आग्रह गर्दै आएका छन् । 

रातोपाटी संवाददाता

मूलधारको लोकप्रिय अनलाइन बन्न सफल रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो  । 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ