बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

प्रदेश प्रमुख कायस्थद्वारा विधेयक प्रमाणीकरण

शुक्रबार, २६ असोज २०७५, १३ : ३६
शुक्रबार, २६ असोज २०७५

जनकपुर– प्रदेश २ का प्रमुख रत्नेश्वरलाल कायस्थले प्रदेश नं. २ को विपद व्यवस्थापन विधेयक, २०७५ प्रमाणीकरण गरेका छन् । शुक्रबार उक्त विधेयक प्रमाणिकरण भएसँगै कुल १३ वटा विधेयकहरु प्रमाणिकरण भइसकेका छन् ।

प्रमुख कायस्थले यसअघि असोज २४ गते आकस्मिक कोष विधेयक २०७५, असोज २५ गते मुख्य न्यायाधिवक्ताको काम, कर्तव्य र अधिकार तथा सेवाका अन्य शर्त सम्बन्धी विधेयक, २०७५ प्रमाणिकरण गरेका थिए ।

प्रदेश प्रमुखबाट प्रमाणिकरण भएका विधेयक ऐन बन्नेछन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप