शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

छायांकन सुरु गरेकै दिन ‘ए मेरो हजुर ३’ ले ल्यायो फष्टलुक

शुक्रबार, २६ असोज २०७५, १३ : १०
शुक्रबार, २६ असोज २०७५

काठमाडौं –अभिनेत्री झरना थापाको निर्देशन रहने चलचित्र ‘ए मेरो हजुर ३’ को छायांकन सुरु भएको छ ।

 निर्माण युनिटले सामाजिक संजालबाट फष्टलुक सार्वजनिक गर्दै चलचित्र छायांकन सुरु भएको जानकारी गराएको हो ।

अनमोल केसीको मुख्य भुमिका रहने चलचित्रमा झरनाकी छोरी सुहाना पनि अभिनय गर्दैछिन् । फष्टलुकमा अनमोलका साथ सुहाना देखिएकी छन् । 

२९ चैत्र रिलिज मिति घोषणा गरिएको चलचित्रको फष्टलुकमा  अनमोल र सुहाना रोमान्टिक अवतारमा देखिएका छन् । सार्वजनिक गरिएका दुई पोष्टर मध्य एकमा अनमोलको हातमा गितार देख्न सकिन्छ । 

सुनिल कुमार थापाको निर्माण गर्न लागेको चलचित्र सांगीतिक लभस्टोरी रहेको बताइएको छ । चलचित्रमा अनमोल र सुहानाको अलवा सलोन बस्नते, अर्पण थापा, रबिन्द्र झालगायतका कलाकारहरुको पनि अभिनय रहनेछ । 

कल्याण सिंह, कोशिश क्षेत्री, प्रतिक पौडेल र आशिश अविरलको संगीत रहने चलचित्रमा रोशन श्रेष्ठको द्वन्द्व रहनेछ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप