बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

पशुपतिका बृद्धबृद्धाहरुलाई सगुनको मनोरञ्जन

शुक्रबार, २६ असोज २०७५, १२ : २८
शुक्रबार, २६ असोज २०७५

काठमाडौ– लाइन्स क्लव अफ काठमाडौ सगुनले पशुपति नाथ मन्दिर परिसरमा रहेका बृद्धबृद्धाहरुलाई सांगितिक कार्यक्रमार्फत मनोरञ्जन गराएको छ ।

नेपालीहरुको महान चाड दशैका अवसरमा शुक्रबार भएको उक्त कार्यक्रममा पशुपतिस्थित बृद्धाआश्रममा बसेका उल्लेख्य मात्रामा बृद्धबृद्धाहरु सहभागि भएका थिए । 

कार्यक्रममा विभिन्न किसिमका नृत्यहरु देखाइएको थियो । त्यसपछि बृद्धबृद्धाहरुलाई भोजन गराउनुका साथै आवाश्यक समान प्रदान गरिएको थियो । 

आफन्तबाट टाढा भएका बृद्धबृद्धाहरुलाई सहयोगका साथै मनोरन्जन दिलाउने उदेश्यले कार्यक्रम आयोजना गरिएको लाइन्स क्लव अफ काठमाडौ सगुनका अध्यक्ष शान्ता बस्नेतले बताइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप