बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

स्वादिष्ट मःम कसरी बनाउने,  यसरी सिकौँ

शनिबार, ०७ साउन २०७४, १२ : १९
शनिबार, ०७ साउन २०७४


गणेशप्रसाद सापकोटा , सेफ दाजुभाइ क्याफे, धोबीधारा  
हामी खाजा खान होटेलमा जान्छौँ । मेनु हेर्छौं, तलदेखि माथिसम्म । र, सबैको आँखा गएर अड्किने परिकार हो, मःम । खाजाका रूपमा आजभोलि सबैले मःम रुचाउँछन् । यदि मःम खान त्यत्तिका धेरै रुचि लाग्छ भने घरमै पनि बनाएर खान सकिन्छ । धेरै गाह्रो हुँदैन । मानौँ, तपाईंले एक किलो चिकेन, मटन, बफ अथवा भेज मःमको किमा बनाउनुभएको छ भने मःम बनाउने तरिका यी हुन् स्

बनाउने तरिका

प्याज, लसुन, खुर्सानी, नुन, मःम, अजिनामोटोलाई किमामा मिक्स गरौँ । यति भएपछि पिठो मुछ्ने र हातमा तेल लगाएर एकछिन घस्ने । एकैछिनपछि स–साना रोटी बनाउने ।

साना रोटी बनाएपछि हरेक १०–१५ ग्राम किमा राखौँ । यति हुँदै गर्दा मःम पकाउने भाँडाको तल पानी राखेर उमालौँ र बनाइएका मःम त्यसको माथिल्लो भागमा थोरै तेल लगाएर राखौँ र ढकन लगाऔँ ।

यति भइसकेपछि चिकेन मःम हो भने ५ देखि ६ मिनेटमा पाकिसकेको हुन्छ । यदि मटन, बफ मःम हो भने ८ देखि १० मिनेट लाग्छ । र, आफूलाई आवश्यक चटनी अथवा सुपसँग मज्जाले मःम खान सकिन्छ ।

प्याजस् १५० ग्राम
लसुनस् ५० ग्राम 
खुर्सानीस् आवश्यकताअनुसार
नुनस् आवश्यकताअनुसार
मःम मसालास् २५ ग्राम
अजिनामोटोस् १५ देखि २० ग्राम
मैदास् ३ सय ग्राम

 

 
नयाँ पत्रिकाबाट
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप