शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

पल्टेको ट्रक नहटाउँदा दाउन्नेमा लामो जाम

शुक्रबार, २६ असोज २०७५, १२ : २३
शुक्रबार, २६ असोज २०७५

परासी–पूर्वी नवलपरासीको दाउन्नेमा भुस लोडेड ट्रक पल्टेपछि धेरे सवारी साधन जाममा परेका छन् । बिहीबार दिउँसो २ बजे भुस बोकेर पश्चिमबाट पुर्व जाँदै गरेको ना२ख ४९०३ नम्बरको ट्रक बिनयी त्रिवेणी गाउँपालिका २ दाउन्नेको घिउखोलामा पल्टेपछि सडक जाम भएको हो ।

दशैंका बेला पूर्वबाट पश्चिम यात्रा गर्ने सवारी साधनको बढ्दो चाप तथा सडकमा गाडी विग्रने समस्याले जाम बढेको ईलाका ट्राफिक प्रहरी कार्यालय कावासोतीले जनाएको छ । ट्राफिक प्रहरीका अनुसार पल्टेको ट्रक समयमै हटाउन नसक्दा थप समस्या भएको हो ।

ट्राफिक प्रहरीले जाम खुलाउन र पल्टेको ट्रक हटाउन प्रयास गरिरहेको बताइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप