शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

असिनाबाट धानबाली नष्ट

शुक्रबार, २६ असोज २०७५, ११ : २३
शुक्रबार, २६ असोज २०७५

डोटी– जोरायल गाउँपालिका–१ घोरडीमा बिहीबार असिनापानीका कारण धानबाली र तरकारी खेती नष्ट भएको छ । 

असिनापानीले काट्ने अवस्थामा रहेको धानबाली र तरकारी खेती नष्ट गरेको स्थानीयवासी मानबहादुर मल्लले जानकारी दिए । 

उनले भने, ‘असिनाले पाक्नै लागेको धानबाली र तरकारी पूर्ण रूपमा नष्ट गरेको छ ।’

 दशैँको मुखमा धानबाली नष्ट भएपछि किसान चिन्तित भएका छन् ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप