शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

चरेससहित दुई जना पक्राउ

शुक्रबार, २६ असोज २०७५, १० : ३८
शुक्रबार, २६ असोज २०७५

पर्सा । पटेर्वासुगौली गाउँपालिकका–१ बाट प्रहरीले ६० किलोग्राम गाँजाको धुलो र २० किलो चरेससहित दुई जनालाई पक्राउ गरेको छ । 

मकवानपुरबाट ल्याई पर्सा भित्र्याउन लागेको अवस्थामा मकवानपुर मनहरी गाउँपालिका–४ का वीरबहादुर मोक्तान र मकवानपुरकै पलासे गाउँपालिका–३ का सूर्यबहादुर स्याङतानलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक सत्यनारायण थापाले जानकारी दिए ।

मोक्तान र स्याङतानलाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप