शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

अमेरिकामा माइकल आँधीको कहर, अहिलेसम्म ६ को मृत्यु (विध्वंसका ३० तस्बिर)

शुक्रबार, २६ असोज २०७५, १० : १४
शुक्रबार, २६ असोज २०७५

बीबीसी

अमेरिकाको दक्षिणपूर्वी राज्य फ्लोरिडामा बुधबार आएको माइकल आँधीका कारण जनधनको क्षती पुगेको छ । राज्यका गभर्नर रिक स्टकका अनुसार यो आँधीमा थुप्रैले आफ्नो सबैकुरा गुमाएका छन् ।

फ्लोरिडाको उत्तरी–पश्चिम क्षेत्र आँधीले सबैभन्दा धेरै प्रभावित भएको छ । यहाँ थुप्रै घर ढलेका छन्, बिजुलीको लाइन सडकमा छरिएका छन् । यो आँधीले अक्टोबर १० तारिखमा सबैभन्दा धेरै बिध्वंस मच्चायो । त्यो दिन हावाको तीब्रता दुई सय ५० किलोमिटर प्रतिघण्टा रह्यो ।

पूवोत्तर तर्फ अघि बढ्दै गर्दा आँधीको असर कम देखियो । आँधी माइकलका कारण फ्लोरिडामा अहिलेसम्म ६ जनाको मृत्यु भएको छ । तीन लाख ७० हजारलाई प्रभावित स्थानबाट निस्कने आदेश दिइएको थियो तर अधिकारीका अनुसार सर्वसाधारणले उक्त चेतावनीलाई नजरअन्दाज गरे ।

गभर्नर स्कटका अनुसार अमेरिकी तटरक्षक बलले रातारात १० मिशन पूरा गरी कूल २७ को ज्यान बचाए ।

सबैभन्दा प्रभावित क्षेत्रः

स्थानीय समयानुसार बुधबार दिउँसो दुई बजे माइकल आँधी सबैभन्दा पहिले फ्लोरिडाको मेक्सिको बीच नजिकैको प्यानह्यान्डल तट पुग्यो । यो आँधीलाई अमेरिकी मुख्य भूभागको सबैभन्दा भयानक आँधीमध्येको एक बताइएको छ ।

यो यति भयानक रह्यो कि यसबाट प्रभावित थुप्रै घर जगसहित उखेलिए ।

फेडरल इमर्जेन्सी म्यानेजमेन्ट एजेन्सीका प्रमुख ब्रोक लंगका अनुसार मेक्सिको बीच यसबाट सबैभन्दा धेरै प्रभावित भएको छ । भवन र बिजुलीको तार यो शहरमा अब भग्नावशेषमा परिवर्तन भएका छन् ।

अमेरिकामा सय वर्षपछिको सबैभन्दा खतरनाक आँधी, अकल्पनीय विनाशको चेतावनी

फ्लोरिडाका दुई हजार तीन सय जनसंख्या भएको शहर अपालाचिकोला पनि यो आँधीका कारण अत्यधिक प्रभावित भएको छ । सडकमा यत्रतत्र छरिएका तारका कारण मेयरलाई प्रभावित क्षेत्र अवलोकन गर्न समस्या भइरहेको छ । यसबाहेक भग्नावशेष र जमेको पानीले पनि यहाँको स्थितीलाई थप नाजुक बनाएको छ ।

गभर्नर स्कटले सर्वसाधारणलाई शहरमा छरिएका भग्नावेशष नहटाइएसम्म र स्थिती ठिक नभएसम्म नफर्किन आग्रह गरेका छन् 

फ्लोरिडाको शहरमा अहिले सन्नाटा छाएको छ ।

६ को मृत्युः

यो आँधीमा अहिलेसम्म मृत्यु हुनेको संख्या ६ पुगेको छ जसमा चारजनाको फ्लोरिडा, एक जर्जिया र एकको नर्थ क्यारोलिनामा मृत्यु भएको छ । अधिकारीका अनुसार गेड्सडेन शहरमा रुखले किचेर एकको मृत्यु भएको छ ।

जर्जियामा जस्ताको छाना भएको एउटा घरमाथि अर्को घर खस्दा ११ वर्षीया बालिकाको मृत्यु भएको छ ।

सेमिनल काउन्टीमा आपत्कालीन प्रबन्धन एजेन्सीका प्रमुख ट्रेविस ब्रुक्सका अनुसार शहर पूर्ण रुपमा ध्वस्त भएको छ ।

आँधीले फ्लोरिडा, अलबामा, क्यारोलिनास र जर्जियामा ९ लाखभन्दा बढी घर र व्यवसायमा क्षती पुगेको छ । विशेषगरी फ्लोरिडाको सेल्टरमा लगभग ६ हजारले आश्रय लिएका छन् ।

तस्बिरः रोयटर्स

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप