शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

पशुपतिनाथमा वार्षिक १३ करोड भेटी

शुक्रबार, २६ असोज २०७५, ०६ : १८
शुक्रबार, २६ असोज २०७५

काठमाडौं - पशुपतिनाथलाई पछिल्लो सात बर्षमा ६८ करोड २० लाख रुपैयाँ भेटी प्राप्त भएको समाचार आजको गोरखापत्रले छापेको छ । 

पशुपति क्षेत्र विकास कोषले गत आर्थिक बर्षको असार मसान्तसम्म प्राप्त हुन आएको भेटीका आधारमा यो तथ्य सार्वजनिक गरेको हो । 

कोषका उपनिर्देशक प्रेमहरि ढुंगानाले पशुपतिनाथलाई सरदर वार्षिक १३ करोड रुपैयाँको हाराहारीमा भेटी प्राप्त भइरहेको जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप