केन्द्रीय संस्करण

एउटै कार्यालयका १९ कर्मचारी विदेश सयरमा

person access_timeअसोज २६, २०७५ chat_bubble_outline0

काठमाडौं - राज्य स्रोतको दुरुपयोग गर्दै कृषि बजार अवलोकन र अध्ययन गर्ने नाममा कालिमाटी फलफूल तथा तरकारी बजार समितिका १९ जना कर्मचारी एकैपटक सरकारलाई जानकारी नदिई विदेश भ्रमण जान लागेका छन् । 

दसैं र तिहारबीचमा पार्ने गरी तरकारी समितिका सञ्चालक समितिका सदस्यसहित १९ कर्मचारीको सात दिनका लागि थाइल्याण्ड र भियतनामको विदेश भ्रमणको कार्यक्रम तय गरिएको समितिले जनाएको छ । 

१९ जना कर्मचारी एकै पटक विदेश भ्रमण गर्न लागेको विषयमा हेलो सरकारमा उजुरी परेको समाचार आजको नागरिक दैनिकले पृष्ठ २ मा छापेको छ । 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ