बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

झाडापखाला र हैजाबाट यसरी बच्नुहोस्

शनिबार, ०७ साउन २०७४, १२ : ०५
शनिबार, ०७ साउन २०७४


आदर्श प्रधान मनोपरामर्शदाता, होलिस्टिक माइन्ड्स, धापासी 
नेपालमा झाडापखाला र हैजा धेरै वर्षदेखि महामारीको रूपमा बढ्दै गएको छ । यो रोग जुनसुकै समयमा फैलन सक्छ । तर, गर्मीमा बढी फैलिने गर्छ । सरकारले वैशाखको पहिलो सातादेखि असोजको अन्तिम सातासम्मलाई झाडापखाला र हैजाको संक्रमणको महिनाको सूचीमा राखेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकअनुसार २०६७÷०६८ मा झाडापखालाबाट ७४ हजार ६ सय ६६ जना संक्रमण भएको र ४३२ जनाको मृत्यु भएको थियो । ०६७ सालमा मध्यपश्चिम र सुदूरपश्चिममा फैलिएको हैजाको संक्रमणले ३०० जना बढीको मृत्यु भएको थियो ।

यसरी सर्छ यो रोग
झाडापखाला विशेष गरेर ब्याक्टेरिया, भाइरसको संक्रमणले गर्दा हुन्छ । दूषित खाना, पानी, फोहोर हातका माध्यामबाट झाडापखालाका कीटाणुहरू फैलिन्छन् । पेटको आन्द्रामा हुने ब्याक्टेरियाको संक्रमणले झाडापखाला हुन्छ । भिब्रियो कोलेरा, बिजातीय वस्तु उत्पादन गर्ने इकोली, काम्पाइलो ब्याक्टर जुजुनी, इ। हिस्टोलाइटिका, जिर्याडिया, प्लाजमोडियम फाल्स्पिारम, जुकाहरू ९हेलमेन्थ० जस्ता ब्याक्टेरियाको संक्रमणले मानिसमा झाडापखला लाग्छ । भाइरसअन्तर्गत मुख्य रूपमा रोटा भाइरसलगायत अन्य भाइरल संक्रमणले गर्दा झाडापखाला हुन्छ ।

अर्को कुरा खानाको कारणले पेटमा हुने एलर्जीको कारण, आमासयले कार्बोहाइड्रेट पचाउन नसक्ने हुँदा पनि झाडापखाला हुन सक्छ । झाडापखाला हुँदा शरीरबाट धेरै मात्रामा नुन, पोषकतत्व र पानीखेर जान्छ । यस्तो अवस्थालाई जलवियोजन भनिन्छ । यस्तो अवस्थामा समयमै उपचार गर्नुपर्छ । यो रोगको समयमै उपचार हुन सकेन भने बिरामीको अकालमा मृत्यु पनि हुन सक्छ । बिरामीको ब्याक्टेरिया, भाइरसको संक्रमणले भन्दा पनि जलवियोजनले मृत्यु हुन सक्छ । त्यसैले हामीले जलवियोजन हुनबाट बचाउनुपर्छ । धैरै जलवियोजन भयो भने रक्तचाप कम हुन्छ । शरीर शिथिल हुन्छ । मुटु, मस्तिष्क र मिर्गौलामा प्रर्याप्त मात्रामा रगत पुग्दैन । ती अंगहरूमा अक्सिजन कम भएर निस्क्रिय हुन सक्छन् ।

लक्षण
पातलो दिशा बारबार हुनु 
दिसामा सिगानजस्तो चिप्लो पदार्थ तथा रगत आउनु 
शरीर शिथिल हुनु 
आँखा गाडिने, मुख सुक्ने 
बढी मात्रामा तीर्खा लाग्ने 
कमजोर एवं बेहोस हुन पनि सकिन्छ

हैजा
हैजा भिब्रियो कोलेरा नामक ब्याक्टेरियाको संक्रमणबाट लाग्छ । यो ब्याक्टेरिया १०० डिग्री सेल्सियसको तापक्रममा केही बेरमै मर्छ । तर, बरफमा भने ६ सातासम्म जीवित रहन्छ । यो ब्याक्टेरिया पेटमा प्रवेश गरेपछि सानो आन्द्रामा पुगेर आफ्नो संख्या बढाउँछ । यसले कुनै निश्चित भागमा नभई व्यापक रूपमा सम्पूर्ण भागमा असर पु¥याउँछ । गर्मीयाममा ब्याक्टेरिया, भाइरस फैलिन सजिलो हुने भएकाले यो रोग गर्मी मौसममा बढी लाग्छ । यो रोग तीव्र रूपमा सर्ने भएकाले निश्चित क्षेत्रमा मात्र नभई ठूलो क्षेत्रसम्ममा पनि असर पु¥याउँछ ।

लक्षण
दिसा पातलो र चौलानीपानीजस्तो हुनु 
दिनमा ३०–४० पटकभन्दा बढी झाडापखला हुनु 
वान्ता हुनु 
पेट नदुख्नु 
शिथिल एवं बेहोस हुनु

उपचार यसरी गर्ने
जीवनजल, झोल पदार्थ, 
प्रशस्त पानी लिने
बच्चालाई हो भने प्रशस्त दूध खुवाउने

झाडापखाला कसरी चिन्ने रुकसैलाई पातलो दिसा दिनमा ३ पटकभन्दा बढी भयो भने त्यसलाई झाडा पखाला भएको मान्न सकिन्छ । यो सबै उमेरका व्यक्तिलाई लाग्न सक्छ ।
नयाँ पत्रिकाबाट
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप